Explore news and happenings at Bhaktapur

विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको तेस्रो दिनसम्ममा पाँच खेल सम्पन्न

0
भक्तपुर नगरपालिकाको आयोजनामा कार्तिक ९ गतेदेखि सुरु भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको तेस्रो दिनसम्ममा पाँच खेल सम्पन्न भएको छ । तेस्रो दिनमा छात्र÷छात्रा भलिबल, टेबुलटेनिस, उसु, कराँते र तेक्वान्डो प्रतियोगिता सम्पन्न भएको छ ।
बेखाल कभर्ड हलमा संचालन भइरहेको विद्यालयस्तरीय खेलकुद टेबलटेनिस प्रतियोगिता अन्तर्गत अण्डर १२ को छात्र मा प्रभात इङ्गलिस सेकेण्डरी स्कूलका सफल सुवाल प्रथम, प्रोक्सिमा इन्टरनास्नल ऐकेडेमीका नयन लालुवा द्धितीय तथा प्रोक्सिमा इन्टरनेस्नल ऐकेडेमीकै युनिक आलेमगर र लनर्स ऐकेडेमीका प्रत्युस शिल्पकार संयुक्त रुपमा तृतीय भएका थिए ।
त्यस्तै अण्डर १२ को छात्रा मा प्रभात इङ्गलिस सेकेण्डरी स्कूलका उर्वी सुवाल प्रथम, प्रोक्सिमा इन्टरनास्नल ऐकेडेमीका निरु गाइज द्धितीय तथा प्रभात इङ्गलिस सेकेण्डरी स्कूलका आरोही सुवाल र प्रभात इङ्गलिस सेकेण्डरी स्कूलकै शारोना बासुकला संयुक्त रुपमा तृतीय भएका थिए ।
त्यस्तै अण्डर १६ को छात्रमा बासु माविका रिवज बज्रचार्य प्रथम, द राइजिङ इङ्गलिस सेकेण्डरी स्कूलका ओजिल सुवाल द्धितीय तथा लनर्स ऐकेडेमीका आयुष बोयजू र एभरेष्ट इङ्गलिस स्कूलका निरल बासुकला संयुक्त रुपमा तृतीय भएका थिए ।
त्यस्तै अण्डर १६ को छात्रामा प्रभात इङ्गलिस सेकेण्डरी स्कूलकै क्रमश सोफिया कोजू प्रथम, कलशा सितिखू द्धितीय तथा रोश्ना कोजू तथा लनर्स ऐकेडेमीका मालश्री सुवाल संयुक्त रुपमा तृतीय भएका थिए ।
छात्र डब्बल टेबलटेनिसमा प्रोक्सिमा इन्टरनेस्नल ऐकेडेमीका नयन लालुवा र स्याइनफ देउला प्रथम, लनर्स ऐकेडेमीका आयुष बोयजू र सुप्रिम शिल्पकार द्धितीय तथा द राइजिङ इङ्गलिस सेकेण्डरी स्कूलका ओजिल सुवाल र निशान रञ्जितकार एवम् जेन्युइन सेकेण्डरी स्कूलका ओ्िसन महत र समन्त पोखरेल संयुक्त रुपमा तृतीय भएका थिए ।
छात्रा डब्बल टेबलटेनिसमा प्रभात इङ्गलिस सेकेण्डरी स्कूलका उर्वी सुवाल र सोफिना कोजू प्रथम, लनर्स ऐकेडेमीका मालश्री सुवाल र सिमोन दुवाल तथा प्रभात इङ्गलिस सेकेण्डरी स्कूलका रोश्ना कोजू र कलशा सितिखू तृतीय एवम् आरोही सुवाल र शारोना बासुकला संयुक्त रुपमा तृतीय भएका थिए ।
छात्र टीम टेबलटेनिसमा प्रभात इङ्गलिस सेकेण्डरी स्कूल प्रथम, प्रोक्सिमा इन्टरनेस्नल ऐकेडेमी द्धितीय तथा बासु मावि र एभरेष्ट इङ्गलिस स्कूल संयुक्त रुपमा तृतीय भएका थिए ।
छात्रा टीम टेबलटेनिसमा प्रभात इङ्गलिस सेकेण्डरी स्कूल प्रथम, लनर्स एकेडेमी द्धितीय तथा प्रोक्सिमा इन्टरनेस्नल ऐकेडेमी र जेन्युइन सेकेण्डरी स्कूल तृतीय संयुक्त रुपमा तृतीय भएका थिए ।
सहिद स्मृति खेल मैदानमा सम्पन्न छात्र भलिबल प्रतियोगिताको फाइनलमा पद्म माविले बागिश्वरी माविलाई २ १ सेटले पराजित गरेका थिए भने शारदा मावि र गणेश मावि संयुक्त रुपमा तृतीय भएका थिए ।
छात्रा भलिबलको फाइनलमा बासु माविले अक्सफोर्ड प्राक्टिकल स्कूललाई २ १ सेटले पराजित गरेका थिए भने पद्म मावि र बागिश्वरी मावि संयुक्त रुपमा तृतीय भएका थिए ।
विद्यार्थी निकेतन माविमा सम्पन्ने तेक्वाण्डो प्रतियोगिताको छात्र ३८४२ केजी तौल समूहमा वागिश्वरी माविका विराज विक प्रथम, भीम आदर्श आधारभूत विद्यालयका गणेश तामाङ द्धितीय तथा प्रोक्सिमा इन्टरनेस्नल ऐकेडेमीका सोहन सतसंकर र सेकरिट हार्ट एकेडेमीका रोशन तामाङ संयुक्त रुपमा तृतीय भएका थिए ।
छात्र ४२ ४६ केजी तौल समूहमा वागिश्वरी माविका नवीन सेन्चुरी प्रथम, शारदा माविका निमा रुम्बा द्धितीय तथा अक्सफोर्ड प्राक्टिकल स्कूलका आशिक घर्ती र बालविकास इङ्गलिस स्कूलका कविर लोहला संयुक्त रुपमा तृतीय भएका थिए ।
छात्र ४६ ५० केजी तौल समूहमा माउन्ट भ्यालीका समिर तामाङ प्रथम, लनर्स एकेडेमीका द्धितीय तथा वागिश्वरी माविका प्रज्वल श्रेष्ठ र ग्लिटर फ्युचर स्टार इङ्गलिस स्कूलका सोमनाथ तामाङ संयुक्त रुपमा तृतीय भएका थिए ।
तेक्वाण्डोको छात्रा २७ २९ केजी समूहमा प्रोक्सिमा इन्टरनेस्नल ऐकेडेमीका कृतिका देउला प्रथम, वागिश्वरी माविका वर्षा घर्ती द्धितीय तथा मिनर्वा इङ्गलिस स्कूलका रितिका शिल्पकार र जेन्युइन इङ्गलिस स्कूलका आयुषा प्रसाई संयुक्त रुपमा तृतीय भएका थिए ।
छात्रा २९ ३२ केजी समूहमा वागिश्वरी माविका रितु श्रेष्ठ प्रथम, मिनर्वा इङ्गलिस स्कूलका नितिषा भारती द्धितीय तथा बासु माविका रिता विक र युनिषा विक संयुक्त रुपमा तृतीय भएका थिए ।
छात्रा ३२ ३५ केजी समूहमा ग्लिटर फ्युचर स्टार इङ्गलिस स्कूलका अमृता लामा प्रथम, ङातापोल इङ्गलिस स्कूलका दिपिका स्याङतान द्धितीय तथा जेन्युइन इङ्गलिस स्कूलका आरुषी भण्डारी र पारागन एकेडेमीका खुसी मोक्तान संयुक्त रुपमा तृतीय भएका थिए ।
छात्रा ३८ ४२ केजी तौल समूहमा वागिश्वरी माविका दिया लाखा प्रथम, सेकरिट हार्ट एकेडेमीका आकृति दोङ द्धितीय तथा ख्वप्रिङ इङ्गलिस एकेडेमी क्रिज्मा फेलू तथा माउन्ट भ्याली इङ्गलिस स्कूलका संयुक्त रुपमा तृतीय भएका थिए ।
भक्तपुर नगरपालिका ३ वडा नासमनामा भएको उस खेल आज सम्पन्न भएको छ । उसुको छात्र तिलु खेलमा मेधा माविका प्रधुमन त्वाती प्रथम, मेधा माविकै विनम्र खाईतु दोस्रो र बाल विकास स्कूलका सुप्रिच वासी र एभरेष्ट स्कूलका आर्यव बजगाई तेस्रो हुन सफल भएका थिए । त्सैगरी छात्रा तिलुमा वागीश्वरी माविका इलिका प्रजापति प्रथम, मेधा माविका दिया दथेपुथे, जिया मान्धर र साम्रागी रावल दोस्रो र तेस्रो भएका थिए ।
उसुकै छात्र ताइची खेलमा मेधा माविका रिसन तिमिला प्रथम, बाल विकास स्कूलका अरिज बोहजु दोस्रो र सैनिक आवासिय माविका जयराम मण्डल र मेधा माविका सौगात फैजु संयुक्त रुपमा तेस्रो भएका थिए । ताइची छात्रामा एभरेष्ट स्कूलका दिया मल्ल प्रथम, मेधा मावि सम्रुद्धि बुद्धाचार्य दोस्रो र ख्वप्रिङ एकेडेमीका मल्लिका छ्वाजु र एभरेष्ट स्कूलका आयुसा सिमाछ्वा दुवै तेस्रो हुन सफल भएका थिए ।
उसुकै छात्र सान्डा २५ केजी तौलम समुहमा एभरेष्ट इ. स्कूलका एन्जेल चौलागाई प्रथम, मेधा मावि सफल भट्टराई दोस्रो र एभरेष्ट इ. स्कूलका राजविर आगंजा र ब्राइटस्तार इ. स्कूलका प्रवल सुवाल तेस्रो भएका थिए । सान्डा ३० केजी तौल समुहमा मेधा माविका मिङमार तामाङ प्रथम, एभरेष्ट इ.स्कूलका हृदयन गौतम दोस्रो र बाल विकास स्कूलका मोहित ग्वाछा र एभरेष्ट इ. स्कूलका सुमित माकजु संयुक्तरुपमा तेस्रो स्थान हासिल गर्न सफल भएका थिए । त्सैगरी छात्र सान्डा ३५ तौल समुहमा मेधा मावि इभान सुवाल प्रथम, जेसिस स्कूल रियान बाटी दोस्रो र बाल विकास स्कूलका शुभम कोजु र रोमन फैजु दुवैले तेस्रो स्थाल हासिल गरेका थिए । सान्डा ४० तौल समुहमा सामुदायिक इ. स्कूल रेगनसन बैद्य प्रथम, बाल विकास स्कूलका रितेस छुंजु दोस्रो र एभरेष्ट स्कूल सिद्धान लामिछाने र जेसिस स्कूलका निमेश बोहरा संयुक्तरुपमा तेस्रो हुन सफल भएका थिए । छात्र सान्डा ४५ केजी मोर्डन इ. स्कूलका सुशन डोटेल प्रथम, एभरेष्ट इ स्कूलका श्रीयक श्रेष्ठ दोस्रो, एभरेष्ट इ. स्कूलका अमुल्य उप्रेती र आयुष खत्री तेस्रो भएका थिए । छात्र सान्डा ४८ मेधा माविका साजन लामिछाने प्रथम, हिमालयन ग्लोरीका आयुस गोरा, मेधा माविका अमृत लोप्चन र एभरेष्ट स्कूलका योङजोल जङ बस्नेत तेस्रो भएका थिए । सान्डा ५२ केजी तौल समुहमा मेधा माविका रोशन वाईजु प्रथम, मोर्डन इ. स्कलका सौगात कार्की दोस्रो र एभरेष्ट इ. स्कूलका आदर्श गुरागाई र विक्रम बोहरा तेस्रो भएका थिए । सान्डा ५६ केजी समुहमा जेसिस स्कूलका त्रिजन सुवाल प्रथम, एभरेष्ट इ. स्कूलका रमोन श्रेष्ठ दोस्रो र बाल विकास स्कूलका उमंग तुईतुई र मोर्डन इ. स्कूल उत्कर्ष भद्रा तेस्रो हुन सफल भएका थिए ।
त्यसैगरी उसुकै छात्रा सान्डामा २५ केजी तौल समुह मेधा स्कूलका एलिसा लामा प्रथम र एभरेष्ट इ. स्कूलका भुमी प्रजापति दोस्रो भएका थिए । छात्रा ३० केजी सान्डामा एभरेष्ट इ. स्कूलका सिम्रिक प्रजापति प्रथम, बाल विकास स्कूलका इभाना भुजेल दोस्रो हुन सफल भएका थिए । छात्राकै ३५ केजी सान्डामा एभरेष्ट स्कूलका स्मारिका सुवेदी प्रथम, मेधा माविका रिया कोजु दोस्रो, एभरेष्ट स्कूलका सर्भाग्य कवां तेस्रो भएका थिए । छात्रा ४० केजी सान्डामा मेधा स्कूल आसन्न भट्टराई प्रथम, एभरेष्ट स्कूलका खुशी भुजेल र औभा ढुङगेल दोस्रो र तेस्रो भएका थिए । छात्रा ५२ तौल सान्डामा मेधा माविका रोजिना विक र सरा दुवाल दास्रो भएका थिए ।
भक्तपुर नगरपालिका वडा नं.९ दतात्रयमा भएको कराँते प्रतियोगितामा छात्रा कातामा बागीश्वरी स्कूलका सोनिया हेमिंखा प्रथम, डेमोस इ. स्कलका अस्मिता तामाङ र यूनिसा तामाङ दोस्रो र तेस्रो भएका थिए । छात्र कातामा वागीश्वरी माविका विमल कुमार थापा प्रथम, पारागन इ. स्कूलका साहाँस तामाङ दोस्रो र प्रभात इं स्कूल श्रीरिष सितिखु र साइनिङ इ. स्कूलका तेन्जिङ लामा संयुक्तरुपमा तेस्रो हुन सफल भएका थिए ।
त्यसैगरी कराँतेकै छात्र कुमिते २५ केजी तौल समुहमा डेमोस इ. स्कूलका बरुन तामाङ, माउन्ट भ्याली इ. स्कूलका सुभम राजचल दोस्रो, डेमोस इ. स्कूलका इसुभ लामा तेस्रो हुन सफल भएका थिए । कुमिते ३० केजी समुहमा वाइज ल्याण्ड इ. स्कूलका सेयास कासुला प्रथम, कमलविनायक किन्डरगार्डेनका साम्पेन डोर्जे लामा र दिप्सन खड्का दोस्रो र तेस्रो हुन सफल भएका थिए । छात्र कुमिते ३५ समुहमा विद्यार्थी निकेतन माविका सन्दिप मिजार प्रथम, साइनिङ इ. स्कूलका केसाङ्ग लामा दोस्रो, सामुदायिक इ. स्कूलका इभो लामा र मिनर्वा इ. स्कूलका नेमार डोर्जे थिङ तेस्रो भएका थिए । छात्र कुमिते ४० समुहमा होली गार्डेन स्कूलका आदित श्रेष्ठ प्रथम, रोम्वस इ. स्कूलका जेनिक सुलु दोस्रो र माउन्ट भ्याली इ. स्कूलका सुलभ भुजेल र मेधा माविका आदित्य दाहाल तेस्रो भएका थिए । ४५ केजी छात्र कुमितेमा आदर्श आजाद माविका सुमन सुवेदी प्रथम, मिनर्वा इ. स्कूलका आयुस लामा दोस्रो र वागीश्वरी माविका रविना बदुवाल र श्री पद्म माविका गौरव पान्डेले तेस्रो स्थान हासिल गरेका थिए । ४८ केजी छात्र कुमितेमा वागीश्वरी माविका कृष ग्वाछा र आयन मगर प्रथम र दोस्रो र माउन्ट भ्याली इ. स्कूल रिवस सुलु तेस्रो भएका थिए । ५२ केजी छात्र कुमितेमा वागीश्वरी माविका विमल कुमार थापा प्रथम, माउन्ट भ्याली इ. स्कूलका विकल चवाल दोस्रो र होलिगार्डेन इ. स्कूलका सोहन श्रेष्ठ र डेमोस इ. स्कूलका छेदुक तामाङ तेस्रो हुन सफल भएका थिए ।
त्यसैगरी कराँते छात्रा कुमिते २५ केजी तौल समुहमा माउन्ट भ्याली इ. स्कूलका सुजिता तामाङ प्रथम, डेमोस इ. स्कूलका इशानी तामाङ दोस्रो र एभरेष्ट इ. स्कूलका समृद्धि दाहाल र अभ्नि न्यौपाने तेस्रो भएका थिए । ३० केजी छात्र कुमितेमा वागीश्वरी माविका रुविना सुलु प्रथम, कमलविनाय किन्डरगार्डेनका अस्विना गुरुङ दोस्रो र माउन्ट भ्याली इ.स्कूलका निभा रञ्जित र गोल्डेन गेट इं स्कूलका सायसा थपलिया तेस्रो भएका थिए । छात्रा कुमिते ३५ कजीमा डेमोस इ. स्कूलका अस्मिता तामाङ, शारदा माविका करिस्मा तामाङ, कमलविनायक किन्डरगार्डेनका सुविरा भट्टराई र वासु माविका इभा कोण्डा तेस्रो भएका थिए । त्यसैगरी ४० केजी छात्रा कुमितेमा वागेश्वरी माविका पुर्णिमा खत्री प्रथम, गोल्डेनगेट इ. स्कूलका रितिका लामा दोस्रो र बाल विकास स्कूलका सुरवी तामाङ र डेमोस स्कूलका अञ्जली गुरुङ तेस्रो भएका थिए । ४५ केजी छात्रा कुमितेमा वागीश्वरी माविका श्रीया शाही प्रथम, शारदा माविका सदिक्षा थापामगर र ख्वप्रिङ एकेडेमीका सलिना कासिछ्र्वाले तेस्रो स्थान हासिल गरेका थिए । ५० केजी छात्रा कुमितेमा रोम्वस स्कूलका क्रितिका राई प्रथम, मेधा माविका गौरवी हमाल दोस्रो र मिनर्वा इं स्कूलका मलिना योञ्जन र विद्यार्थी निकेतन माविका हसिका श्रेष्ठले तेस्रो स्थान हासिल गरेका थिए ।
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको महेश्वरी खेल मैदानमा भइरहेको फुटबल प्रतियोगितामा आइतबार भएको क्वाटर फाइनल खेलहरुमा मेधा मावि र वासु मावि विच भएको खेलमा मेधा माविले १ गोल गरी विजयी भइ सेमिफाइनल पुग्न सफल भएको छ । मेधा माविका जर्सी नं. १२ का सनिस आचार्यले खेलको २५ औ मिनेटमा गोल गरेका थिए । दास्रो क्वाटर फाइनल खेलमा अक्सफोर्ड प्राक्टिकल स्कूल र वागीश्वरी मावि विच भएको बागीश्वरी माविले ० का विरुद्ध ३ गोलले विजय भएको थियो । वागीश्वरी माविका जर्सी नं. १० का विराज विकले दुई गोल र जर्सी नं. १७ का हेमन राई एक गोल गरेका थिए ।
तेस्रो क्वाटरफाइनल खेलमा सनसाइन नेशनल स्कूल र साइनिङ एकेडेमी विच भएको खेल निर्धारित समयमा बराबर भएकोले खेल पेनाल्टी किकको आधारमा २–३ गोलले साइनिङ एकेडेमी विजय भएको थियो । चौथो क्वाटर फाइनल खेल श्री पद्म मावि र आर्दश आजाद मावि विचको खेल निर्धारित समयमा १–१ गोल भई बराबर भएको थियो । यस खेलमा पेनाल्टी सूटमा श्री पद्म माविले आदर्श आजाद माविलाईलाई ३–१ गोलले पराजित गरेको थियो । ७ वडा खेलकुद समितिका अनिल सुकुपायोका अनुसार कार्तिक १२ गते विहान ८ बजेदेखि सेमिफाइनलका खेलहरु हुनेछ ।

Leave A Reply

Your email address will not be published.