Explore news and happenings at Bhaktapur

नियमित पाक्षिक सरसफाई कार्यक्रमअन्तर्गत आज भक्तपुरको भेलुखेलस्थित तरकारी बजारमा सरसफाइ सम्पन्न

२०८१ कार्तिक १ गते बिहीबार ।

0
भक्तपुर नगरपालिकाको आयोजनामा नियमित पाक्षिक सरसफाई कार्यक्रमअन्तर्गत भक्तपुर नपा वडा नं. ५ भेलुखेलस्थित तरकारी बजारमा आज सरसफाइ कार्यक्रम सम्पन्न भयो । भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागितामा भएको उक्त सरसफाइमा तरकारी बजारसँगै रहेको चउरमा सरसफाइ गरिएको हो ।
सरसफाइ कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तत्कालीन सोभियत संघमा समाजवादी व्यवस्था हुँदा हप्ताको एक दिन “लेनिन शनिबार” मनाउन गरेको तथा सो दिन जनप्रतिनिधि, प्रहरी लगायत अन्य कर्मचारीहरु सरसफाइमा खटिने गरेको स्मरण गर्नुहुँदै नागरिकहरुलाई सरसफाइप्रति जागरुक बनाउने उद्देश्यले भक्तपुर नपाले महिनाको दुई दिन सफाइ अभियान सञ्चालन गर्ने गरी पाक्षिक सरसफाइ कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।
सफा र स्वच्छ नगरले नागरिकहरुको उच्च पहिचान कायम हुने बताउँदै प्रमुख प्रजापतिले जनतालाई सचेत पार्ने सरसफाइ कार्यक्रमको मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले नयाँ पुस्तालाई नगरको सम्पदा संरक्षण, सरसफाई र विकास निर्माणमा सहभागी गराउने लक्ष्यका साथ नपाले बेला बेलामा खेलकुद, सरसफाईलगायतका विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.