Explore news and happenings at Bhaktapur

बिजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम

भक्तपुर । २०८१ असोज १८

0
भक्तपुर नपा वडा नं. ४ नेपाल क्रान्तिकारी महिला संघको आयोजनामा बिजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दशैं बिदा पुस्तक अध्ययन, साहित्यिक गतिविधिहरु गरी रचनात्मक रुपमा मनाउन आग्रह गर्दै धार्मिक, सांस्कृतिक महत्वका सबै स्थानहरुमा नियमित सफाइ गर्नुपर्ने बताउनुभयो ।
छोराछोरीलाई उचित शिक्षा दिइ आत्मनिर्भर भएपछि मात्र विवाह गर्न उत्साहित गर्नुपर्छ बताउनुभयो ।
युवा विदेशिने क्रमलाई रोक्नेतर्फ ध्यान नदिए भविष्यमा जनताले दुःख पाउने बताउँदै उहाँले अरुको लहलहैमा विदेश गएकाहरुले धेरै दुःख पाएको उदाहरणहरु प्रस्तुत गर्नुभयो ।
भक्तपुरलाई उदाहरणीय नगर बनाउन यहाँका नागरिकहरु उदाहरणीय बन्नुपर्ने बताउँदै उहाँले सबैको संयुक्त प्रयासले भक्तपुर उदाहरणीय बन्दै गएको प्रष्ट पार्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले वडामा भएको विकास निर्माण र बाढीबाट भएको क्षतिबारे जानकारी गराउँदै उहाँले सामाजिक सुरक्षा भत्ता वितरणमा सहयोगको लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा नेक्रामसंघ नगर समितिका सचिव मन्जु लाखाले बालबालिकाको स्वास्थ्य र व्यवहारबारे ध्यान दिनुपर्ने र मोबाइलको कारण बालबच्चाहरु बिग्रने गरेको हुँदा अभिभावकहरुलाई बेलैमा सचेत हुन आग्रह गर्नुभयो ।
नेक्रामसंघ ४ का अध्यक्ष कृष्णलक्ष्मी दुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय विश्वराम त्वायना, हरिसुन्दर सुवालले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.