Explore news and happenings at Bhaktapur

आदर्श चोक निर्माणको सम्भाव्यता अध्ययन प्रतिवेदन हस्तान्तरण

मिति २०८१ असोज ४ गते शुक्रबार ।

0
अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडक खण्डमा सडक विभाग, सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास आयोजनाद्वारा स्वीकृत डिपिआरमा आदर्श चोकमा साविकमा आदर्श डाँगाचा चारदोबाटो नभएको सम्बन्धमा स्थानीयवासीद्वारा सो चोक इन्टरसेक्सन कायम गर्न आयोजना र भक्तपुर नपामा समेत आदर्श चोकमा साविकमा झै चौबाटो कायम हुने गरी बाटो विस्तार गर्न माग गरे बमोजिम मिति २०८१।१।३१ मा गठित आदर्श चोक निर्माणको सम्भाव्यता अध्ययन कार्यदलले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई कार्यदलका संयोजक योगेन्द्रमान विजुक्छेंले आज प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।
कार्यदलले पेश गरेको उक्त प्रतिवेदन अनुसार आदर्श चोकको पश्चिम तर्फ लेफ्ट सर्भिस लेनमा हाल लगाइएको टेवा पर्खाल (Original Design Level-1318.67m) बाट ०.९५ मि. थप गरी टेवा पर्खाल निर्माण गर्ने तथा सिद्धि स्मृति अस्पताल जाने बाटोको मुखमा हालको रोड लेभलबाट १.३८ मि. अग्लो हुने गरी दुबै तर्फ टेवा पर्खाल निर्माण गर्ने तथ लेफ्ट सर्भिस लेनदेखि सिद्धि स्मृति अस्पताल जाने बाटो तर्फ ४.७५ मि. सम्म ५.५% ग्रेड तत्पश्चात ५५ मि. सम्म ८.६५% मा सडकको ग्रेड कायम गर्न सकिने उल्लेख छ । साथै निर्माणाधीन ६ लेन सडकको मेन लेन र राईट सर्भिस लेन हालको डिजाइन/ड्रईङमा कुनै परिमाजर्न गर्नु नपर्ने गरी इन्टरसेक्सन कायम गर्नुपर्ने सिफारिस गरेको छ ।
कार्यदलमा भक्तपुर नपा–७ का वडाध्यक्ष उकेश कवां, भक्तपुर नपा ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजू, भक्तपुर नगरपालिकाका योजना शाखा प्रमुख दिलभक्त जयना, इन्जिनियर सुशिल बासी, सूर्यविनायक धुलिखेल सडक आयोजनाका सि.डि.ई. नारायण प्रसाद लामिछाने र इन्जिनियर विवेक पाण्डे तथा स्थानीय सरोकारवालाहरु कुमार चवाल र मणिरत्न बज्राचार्य सदस्य रहेको छ ।

Leave A Reply

Your email address will not be published.