बासु माध्यमिक विद्यालयको आयोजनामा आज त्यहाँ कार्यरत शिक्षक शिक्षिकाहरुबीच २०४५ सालको भक्तपुर काण्डको स्मरणमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालमा पञ्चायती व्यवस्था अन्त्य हुनुमा भक्तपुर काण्डको पनि महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने ढंगले राज्यस्तरबाट षड्यन्त्र गरी भक्तपुर काण्ड रचिएको प्रष्ट पार्दै उहाँले नयाँ पुस्तालाई राजनैतिक र सैद्धान्तिक रुपले सचेत पार्न सके मात्र यस्ता षड्यन्त्रबाट सहग हुनेछन् भन्नुभयो ।
भक्तपुर काण्डमा नेमकिपा नेता कार्यकर्ताहरुमाथि निकै बर्बर दमन गरेको स्मरण गर्दै उहाँले जस्तोसुकै अनुकूल परिस्थितिमा पनि नेमकिपाले आफ्नो सिद्धान्त र विचारमा अडिग रही जनताको सेवा गर्दै आइरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाले राज्यस्तरबाट रचिएको षड्यन्त्र अन्ततः असफल सावित भएको बताउँदै नेमकिपाले सँधै अन्याय र अत्याचारको विरोध गर्दै आएको बताउनुभयो ।
शिक्षकहरुले नयाँ पुस्तालाई यस्ता षड्यन्त्रबारे सुसूचित गर्दै षड्यन्त्रको विरोध गर्न सिकाउनुपर्नेमा जोड दिँदै भक्तपुर काण्डले भक्तपुरको शैक्षिक क्षेत्रमा नराम्रो असर पारेको बताउनुभयो ।
विद्यालयका प्रअ रविलाल प्रधानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहायक प्रअ राजकुमार ह्यौंमिखाले भक्तपुर काण्डबारे आफ्नो अनुभव सुनाउनुभयो ।
कार्यक्रममा शिक्षक प्रतिनिधि विष्णुप्रसाद दुमरु र शिक्षिका सुनिता घटुवाले नयाँ पुस्तालाई भक्तपुर काण्डबारे सुसूचित गराउने उद्देश्यले प्रवचन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
Bo