Explore news and happenings at Bhaktapur

निजी आवास पुनःनिर्माणसम्बन्धी दुईदिने अभिमुखिकरण तथा समीक्षा गोष्ठी

भक्तपुर, २०७५ मंसीर २५ गते मंगलबार ।

0

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा जिल्लास्तरीय निजी आवास पुनःनिर्माणसम्बन्धी दुईदिने अभिमुखीकरण तथा समीक्षा गोष्ठी भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर दरबार क्षेत्रस्थित विद्यालय सरकारी कार्यालयलगायतका संघ–संस्थाहरुलाई स्थानान्तरण गर्नुपर्ने बताउनुभयो ।
पुरातात्विक क्षेत्रभित्र सम्पदा अनुकूलका नक्सा प्रस्तावमा जोड दिनुपर्ने बताउनुहुँदै प्रमुख प्र

जापतिले नगरभित्रका घरको संरचना प्राधिकरणकै मापदण्डमा निर्माण गराउन नगरपालिकाले ध्यान दिएको जानकारी गराउनुभयो ।
आर्थिक अभावका कारण घर बनाउन नसक्नेको संख्या अझ पनि धेरै रहेको बताउनुहुँदै प्रमुख प्रजापतिले घर नभएकाहरुलाई सरकारले जग्गाको उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले भक्तपुरका अधिकांश घरहरु स्वीकृत नक्साबमोजिम नबन्दा दोस्रो र तेस्राे किस्ताको रकम प्राप्त गर्न नसकेको अवस्थामा गरिब जनताको सेवा गर्ने हो भने एकमुष्ट अनुदान रकम दिने प्रावधान बनाउनु उचित हुने धारणा व्यक्त गर्नुभयो । आर्थिक रुपमा विपन्न लाभग्राहीहरूको निम्ति छुट्टै ऐन–नियम आवश्यक भएको बताउनुभयोे ।
उहाँले पुनःनिर्माणमा आवश्यक काठ र ढुंगाको अभावले गर्दा पुननिर्माण कार्यमा ढिलासुस्ती भइरहेको र पुरातत्व विभाग स्वयम्ले ठेक्कापट्टा र टेन्डरमा गुणस्तरहीन निर्माण कार्य गर्नु गलत भएको बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नपाका उपप्रमुख वीणा बास्तोलाले भूकम्प गएको चार बितिसक्दा पनि भूकम्प पीडितको समस्या ज्यूँका त्युँ हुनु लज्जास्पद भएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रतिनिधिहरुले भक्तपुर जिल्लामा पुनःनिर्माणको वर्तमान अवस्था तथा प्रगति विवरणहरू प्रस्तुत गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.