Explore news and happenings at Bhaktapur

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रतिनिधिहरु भक्तपुर नपामा

भक्तपुर,२०७५ मंसीर २५ गते मंगलबार ।

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी र जनप्रतिनिधिहरुसँग काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रतिनिधिहरूले मंगलबार नगरपालिकाको सभाकक्षमा भेट गर्नुभयो ।

भेटमा बोल्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले अनुसन्धनात्मक कार्य गर्ने विद्यार्थीको लागि आर्थिक सहयोगको व्यवस्था गरेको, प्राविधिक र उपभोक्ता समितिहरुसँग मिलेर समन्वयात्मक ढङ्गले विकास निर्माण र सम्पदा संरक्षण कार्यलाई अगाडि बढाइरहेको जानकारी गराउनुभयो ।
उहाँले भक्तपुर नगरमा खानेपानीको स्रोत राम्रो नभएको औंल्याउनुहुँदै काठमाडौं उपत्यका खानेपानी संस्थानसँग मिलेर ट्याङ्की निर्माण गर्दैै खानेपानीको व्यवस्थापन गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘भक्तपुरको प्रसिद्ध तीर्थस्थल रहेको हनुमन्त्ते खोला सुधारको कार्य अगाडि बढिरहेको छ । खोलाको पानी शुद्धीकरणको निम्ति उपचार पोखरी निर्माणको गुरुयोजनाको तयारी भइरहेको छ ।’
स्थानीय सरकार बनिसकेको हुँदा सबै अधिकार स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुहुँदै प्रमुख प्रजापतिले जनताको समस्या राम्रोसँग बुझ्ने महत्त्वपूर्ण निकाय जनप्रतिनिधिहरु रहेको स्थानीय तहहरु हुने बताउनुभयो ।
उक्त भेटमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डकाका प्रतिनिधिहरुले भक्तपुर नगरपालिकाले खानेपानी व्यवस्थापन, फोहोर व्यवस्थापन र सहरीकरणका चुनौतीहरु, ढल निकासबारे जिज्ञासा राख्नुभएको थियो । भेटमा भनपा वडा नं. ७ का वडाअध्यक्ष उकेश कवां, ९ नं. वडाअध्यक्ष रविन्द्र ज्याख्व र ८ नं. वडाअध्यक्ष रविन्द्र ज्याख्वको सहभागिता थियो ।

Leave A Reply

Your email address will not be published.