Explore news and happenings at Bhaktapur

लोकेश्वर साकोसको प्रमाण–पत्र वितरण तथा बनभोज कार्यक्रम सम्पन्न

मिति २०८१ भाद्र १५ गते शनिबार ।

0
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछ“ें, भक्तपुरको धां बाजा प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र वितरण तथा बनभोज कार्यक्रम भक्तपुर नगरपालिकाका उप–प्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि जोशीले भक्तपुर नगरको विकासमा पुर्खाको योगदानलाई विर्सन नहुने भन्दै पुर्खाले सिर्जेको कला र सम्पदाहरुको महत्वबारे चर्चा गर्नुभयो । भक्तपुर नगर एक ऐतिहासिक धार्मिक, सा“स्कृतिक महत्व बोकेको नगरका रुपमा स्थापित रहेकोले उक्त कला, संस्कृति, मुर्त–अमुर्त सम्पदा तथा मातृभाषालाई जगेर्ना गर्दै पुस्तान्तरण गर्दै जानुपर्ने औल्याउनु भयो ।
भक्तपुर नगरपालिकाले सांस्कृतिक क्षेत्रको उत्थानका लागि विभिन्न तालिम र प्रतियोगिताहरु संचालन गर्दै आएकोले गर्दा नगरलाई जीवन्त बनाउन मद्दत मिलेको बताउनु भयो । नपाले समुदायमा रहेका मानिसहरुको जीवनस्तरलाई उत्थान गर्नका लागि विभिन्न तालिम, शैक्षिक ऋण, उद्यमशीलता ऋण, खेलकुद गतिविधि, पर्यटकीय गतिविधि लगायत विभिन्न कार्यहरु गर्दै आएको जानकारी दिनुभयो ।
संस्थाबाट सांस्कृतिक बाजागाजाहरु नया“ पुस्तालाई सिकाउदै आएकोमा खुसी व्यक्त गर्दै सहकारी संस्थाहरुबाट यस्ता गतिविधिकहरु मार्फत नपालाई निरन्तर साथ र सहयोगको अपेक्षा रहेकोसमेत बताउनु भयो ।
भनपाका पूर्व वडाअध्यक्ष रविन्द्र खर्बुजाले संस्थाबाट सामाजिक क्रियाकलाप अन्तर्गत सा“स्कृतिक क्षेत्रको सम्बद्र्धनका अलावा नया“ पुस्ता तयार गर्न टेवा पु¥याएकोमा संस्थालाई धन्यवाद प्रकट गर्नुभयो । नया“ पुस्ताले इतिहा“सका विभिन्न घटनाक्रमहरुको बारेमा थाहा पाउनु पर्ने कुरा राख्दै भक्तपुर नगर विकासको लागि पर्यटन शुल्क २०५० सालदेखि शुरु गरेको स्मरण गर्नुभयो । नेपाल मजदुर किसान पार्टीलाई समुल नष्ट गर्न विभिन्न समयमा राज्यस्तरबाटै रचिएका षड्यन्त्रले राज्यको व्यबस्था नै परिवर्तन भएको चर्चा गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. २ का वडाअध्यक्ष हरिप्रसाद बासुकलाले नेपाल मजदुर किसान पार्टी नेतृत्वको नगरपालिकाले पिछडिएका जनताको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, व्यवस्थित बस्तिको आवास योजना, सा“स्कृतिक एवम् खेलकूद लगायत विभिन्न क्षेत्रलाई महत्व दिई विकास निर्माणका कार्यहरु गर्दै आएको बताउनु भयो ।
संस्थाका अध्यक्ष राजन जतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा बोल्दै नया“ पुस्तालाई पुराना कलासंस्कृतिको जगेर्ना गर्न सक्षम बनाउन संस्थाले आर्थिक कारोबारकासाथै विभिन्न सांस्कृतिक एबं सामाजिक क्रियाकलापमा पनि अग्रसर रहेको कुरा राख्दै नगरपालिकाले समुदायमा आधारीत सहकारीहरुलाई आवश्यक सहयोग गर्न र विशिष्टिकृत सहकारी बनाउन आवश्यक पहल कदमी लिन सुझाब दिनु भयो । धा“ बाजा प्रशिक्षणमका २५ जना प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र वितरण गरिएको उक्त कार्यक्रममा सांस्कृतिक उप–समितिका संयोजक कमलश्वरी सुवाल र सचिव राजु छुकांले पनि बोल्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.