भक्तपुर नगरपालिकाको आयोजनामा शनिबार भाजुपोखरी परिसर सरसफाइ कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा वडा नं १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले २०७४ सालदेखि नै नियमित रुपमा पाक्षिक रुपमा सरसफाइ गरिदै आएको जानकारी गराउनुभयो । उहाँले पर्यटकहरुलाई आकर्षण गर्दै भक्तपुर नगरपालिकाले विभिन्न गतिविधिहरु गरिदै आएको पनि चर्चा गर्नुभयो ।
त्यसैगरी भक्तपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष कृष्ण प्रसाद कोजुले सरसफाइ अभियानमा नगरवासीको पनि भूमिका रहने बताउनुहुदैं वर्तमान समयमा डेङ्गु रोगको संक्रमण बढ्ने सम्भावना रहेकोले सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले वडाको गतिविधिहरुमा बुद्धिजीवीहरुको साथ र सहयोग प्राप्त भइरहेको र भक्तपुर क्याम्पसको डिल खोल्नको लागि क्याम्पससँग छलफल भइरहेको समेत बताउनुभयो ।
वातावरण समितिका सदस्य एवं वडा नं २ का वडा सदस्य मञ्जुमाया लाखाजुले भक्तपुरमा आन्तरिक र बाह्य पर्यटकहरुको संख्या वृद्धि हुदैं गइरहेको र भक्तपुर प्रवेश गर्ने नगरको नाकाहरुमा सफा गरिदै जाने बताउनुभयो ।
कार्यक्रममा समाजसेवी कृष्ण बहादुर दुगुजुले भक्तपुर नगरपालिकाले आयोजना गरेको पाक्षिक सरसफाइ र भाजुपोखरी पुनःनिर्माणप्रति भक्तपुर नगरपालिकालाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
+25
B