विद्यार्थीहरुको थेसिस र प्रोजेक्सको शैक्षिक प्रदर्शनी सम्पन्न
भक्तपुर, २०८१/०५/१० गते सोमबार ।
ख्वप इन्जिनियरिङ्ग कलेजको आयोजनामा चौंथो वर्षका विद्यार्थीहरुको प्रोजेक्ट र पाँचौं वर्षका विद्यार्थीहरुको थेसिसको एकदिने शैक्षिक प्रदशर्नी एक समारोहकाबीच सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले कार्यक्रमको उद्घाटन गर्नुभयो ।
कलेजको बारेमा अरु वरिष्ठ व्यक्तित्वहरुबाट वौद्धिक र राजनैतिक रुपले मुल्यांकन भइरहेको बताउँदै उहाँले विद्यार्थीहरुले कलेजको उचाइलाई अझ बढवा दिन अनुशासित र लगनशिल भएर आ–आफ्नो जिम्मेवारी पूरा गर्न लागि पर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
वास्तुकलाको केन्द्र भक्तपुरमा पढनेहरुको ज्ञान अझ स्त्तरीय बनाउनु आवश्यक भएको चर्चा गर्दै उहाँले आँखी झ्याल, ५५ झयाल दरवार, ५ तल्ले मन्दिर निर्माताका पूर्खाहरुले आर्थिक सहयोग विना काम सम्पन्न गरेकोले हामीले पनि अरुको आर्थिक सशयोग नलिई कामगर्न सक्षम हुनुपर्छ भन्नुभयो । काम गर्दा दुःख कस्त हुन्छ भनेर चिन्ता लिन हुन्न, मेहिनतको फल पाइन्छ र आफनो स्वाभिमान जोगिन्छ भन्नुहुँदै उहाँले पढाईलाई जोड दिनुपर्छ भन्नुभयो ।
हेलाहोचो भएको भक्तपुर आज प्रतिस्थाको केन्द्र बन्दै गएको बताउँदै प्रमुख अतिथि प्रजापतिले भ्रष्टाचारको हदबन्दी म्याद खारेज गर्नुपर्ने र देशको नतृत्वगर्ने व्यक्ति इमान्दार र अनुशासित हुनुपर्छ भन्नुभयो ।
कार्यक्रमका अतिथि भक्तपुर नगरपालिकाका उपप्रमुख एवं कलेज सञ्चालक समितिका उपाध्यक्ष आ.रजनी जोशीले शैक्षिक योग्यतालाई व्यवसायिकरण गर्न सिक्नुपर्ने बताउनुभयो । प्रविधि र नयाँ संरचनावारे ध्यान दिनुपर्ने बताउँदै उहाँले उच्च शिक्षा हाशिल गर्न विदेश गएपनि नेपालमा फर्केर आई कामगर्नुपर्नेमा जोड दिनुभयो ।
ख्वप इनिजनियरिङ्ग कलेजका प्राचार्य ई. सुजन माकले रोजगारी सृजनामा सहयोग पुर्याउन एल्मुनाइहरूको ट्रेनिङ एण्ड प्लेसमेन सेल गठन गर्ने तयारी भै रहेको बताउँदै उहाँले कलेजले ख्वप उद्यमशिलाता कोष व्यवस्था गरी विद्यार्थीको उद्यमी सिप विकासमा टेवा दिइरहेको छ भन्नुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङ्गका प्राचार्य ई.सुनिल दुवालले समस्या तथा चुनौतिसँग सामना गर्न सक्ने दक्ष प्राविधिक बन्न सिक्नुपर्छ भन्नुभयो ।
ख्वप इनिजनियरिड्ड कलेजका उप प्राचार्य डा.सुवेगमान विजुक्छेले विद्यार्थीहरु सामाजिक व्यक्ति बन्नुपर्छ, त्यसको लागि सामाजिक क्रियाकलाप र अतिरिक्त क्रियाकलापमा लाग्नुपर्ने बताउनुभएको उक्त कार्यक्रममा आ.युरिका राजवंशीले पनि बोल्नुभएको थियो ।
शैक्षिक प्रदर्शनीमा आर्किटेक्चरको ४१ वटा सोधपत्र, कम्प्युटर इन्जिनियरिङ्गको ११ वटा प्रोजेक्ट, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ्ग १० वटा प्रोजेक्ट र विभिन्न प्रकारका मोडल्स र प्रिन्टिङ्स राखिएको आयोजकले जनाएको छ ।
कार्यक्रमको समापनमा शैक्षिक प्रदशर्नीमा संलग्न विद्यार्थीहरुलाई पुरस्कार र प्रमाण–पत्र वितरण गरिएको थियो ।