भक्तपुर नपा वडा नं. २ मा विश्व स्तनपानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
मिति २०८१ साउन २४
स्तनपानमा समानताःसबैको सहयोग र सहभागिता भन्ने मूल नाराका साथ विश्व स्तनपान सप्ताह अगष्ट १ देखि ७, २०२४ को उपलक्ष्यमा भक्तपुर नपा वडा नं.२ मा स्तनपानसम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा वडा सदस्य मन्जु लाखाले शिशुलाई जन्म दिएर पनि हरेक आमाले स्तनपान गराउनु जरुरी रहेको बताउँदै स्तनपान बालबालिकाको नैसर्गिक अधिकार भएको बताउनुभयो । सबै परिवार र समाजका हरेक व्यक्तिले स्तनपानको महत्व बुझी आमालाई स्तनपान गराउन साथ दिइ प्रोत्साहन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
वडा नर्स ग्रेसा कर्माचार्यले वर्तमान समयमा स्तनपानको आवश्यकता र महतवबारे प्रस्तुत गरिएको उक्त कार्यक्रममा विशेषगरी कामकाजी महिलालले बच्चालाई पूर्ण रुपमा स्तनपान गराउन नसक्नु र कार्यालयमै स्तनपान कक्ष र शिशुस्याहार कक्षको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा काठमाडौं स्कूल अफ मेडिकल साइन्स बीएससी नर्सिङ तेस्रो वर्षका विद्यार्थीहरुले सन्देशमूलक नाटक प्रस्तुत गरेका थिए ।