Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिद्वारा देगमनामा भएको आगलागी प्रभावित क्षेत्रमा निरीक्षण

मिति २०८१ साउन २३ गते बुधबार ।

0
भक्तपुर नपा वडा नं. ३ देगमनास्थित एउटा घरमा आगलागी भएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आगलागी प्रभावित क्षेत्रमा बुधबार स्थलगत निरीक्षण गर्नुभएको छ । प्रमुख प्रजापतिले आगलागी प्रभावित क्षेत्रको निरीक्षणका साथै आगलागीबाट पुगेको क्षति र पीडित परिवारको अवस्थाबारे जानकारी लिनुभयो । सोही क्रममा पीडित रामसुन्दर कर्माचार्यलाई भेटेर प्रमुख प्रजापतिले सहानुभूति व्यक्त गर्नुभएको थियो ।
बिहान करिब ११ बजे विद्युत सट भई पीडित कर्माचार्यको घरमा आगलागी भएको र आगलागीबाट घरमा भएको सबै नगद तथा जिन्सी सामान जलेर नष्ट भएको पीडितको भनाइ छ । आगलागीबाट करिब २३ लाख ७५ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.