Explore news and happenings at Bhaktapur

भक्तपुरका विद्यालयहरू छात्रवृत्तिका विद्यार्थीहरूलाई अध्ययन अध्यापन गराउन सहमत

भक्तपुर । २०८१ साउन १०, बिहीबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाभित्र कक्षा ११ र १२ सञ्चालित माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको उपस्थितिमा छात्रवृत्ति सिफारिस र छात्रवृत्ति छनोट परीक्षाको विषयमा बिहीबार भक्तपुर नपाको सभाकक्षमा बैठक बस्यो ।
उक्त बैठकले भक्तपुर नगरपालिकाभित्र सञ्चालित विद्यालय तथा कलेजहरूमा गरिब, जेहेनदार तथा छात्रवृत्तिका लागि सिफारिस गरिएका विद्यार्थीहरूलाई अध्ययन अध्यापन गराउन सहमत गर्ने निर्णय गर्यो ।
बैठकमा बोल्दै नगर प्रमुख प्रजापतिले शिक्षकले विद्यार्थीहरुलाई पाठ्यपुस्तकको विषयवस्तु अध्ययन गराउने मात्र नभई विद्यार्थीलाई देशमै बसेर उच्च शिक्षा हासिल गर्न र देशकै निम्ति काम गर्न प्रेरित गर्नुपर्छ भन्नुभयो ।
देशको अस्थिर शिक्षा नीतिका कारण एसईई परीक्षा सन्तोषकजनक हुन नसकेको बताउँदै उहाँले एसईईमा सबै विषयमा अनुत्तीर्ण विद्यार्थीहरुलाई मौका परीक्षाको व्यवस्थाले देशको शैक्षिक गुणस्तर अझ खस्कँदै जाने बताउनुभयो ।
भक्तपुरलाई शिक्षाको केन्द्र बनाउने अभियानमा सबै विद्यालयहरुबाट साथ र सहयोगको लागि अपेक्षा गर्दै उहाँले विद्यार्थीलाई नैतिक शिक्षा दिने काममा शिक्षकहरुको अग्रसरता आवश्यक भएको बताउनुभयो ।
नगर शिक्षा शाखा अधिकृत प्रमुख साधुराम फुयालले भक्तपुर नगरपालिकाको छात्रवृत्ति छनोट परीक्षामा विज्ञान विषयमा ४२५ जना, व्यवस्थापनमा ३०३, मानविकीमा ७, शिक्षामा ८ र कानुनमा १६ गरी कूल ७५९ जना विद्यार्थी परीक्षामा सहभागी हुने जानकारी गराउनुभयो ।
भक्तपुर नगरपालिकाले शैक्षिक वर्ष २०८१।८२ को लागि छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि २०८१ साउन १२ गते शनिबार भक्तपुरको देकोचास्थित ख्वप माध्यमिक विद्यालयमा बिहान ७ः३० बजे छात्रवृत्ति छनोट परीक्षा सञ्चालन गरिने भएको छ ।
Gro

Leave A Reply

Your email address will not be published.