Explore news and happenings at Bhaktapur

युनानको प्रतिनिधिमण्डल भक्तपुरमा

२०८० पुस २१ गते, शनिबार

0
भक्तपुर, चीनको युनान प्रादेशिक कम्युनिष्ट पार्टीका उप–सचिव शियुकाङको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधिमण्डलले सांस्कृतिक नगर भक्तपुरको अवलोकन भ्रमण गरेका थिए । भक्तपुर भ्रमणको क्रममा उक्त प्रतिनिधिमण्डललाई भक्तपुर दरवार क्षेत्रको लायकु ढोकामा नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवाँले स्वागत गर्नुभएको थियो ।
प्रतिनिधिमण्डलले २०७२ सालको भुकम्पबाट क्षति पुगेको भक्तपुरका सम्पदाहरुको पुनःनिर्माण पश्चातको अवस्था, यहाँको कला, संस्कृति, जीवनशैलीबारे र पर्यटकीय व्यवस्थापनबारे विशेष चासो राखेको बताएका थिए । भक्तपुर नगरको लायकु, तौमढी, कुम्हाले टोल र दत्तात्रय क्षेत्रको साथै

युनानको प्रतिनिधिमण्डल भक्तपुरमा
२०८० पुस २१ गते, शनिबार
भक्तपुर, चीनको युनान प्रादेशिक कम्युनिष्ट पार्टीका उप–सचिव शियुकाङको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधिमण्डलले सांस्कृतिक नगर भक्तपुरको अवलोकन भ्रमण गरेका थिए । भक्तपुर भ्रमणको क्रममा उक्त प्रतिनिधिमण्डललाई भक्तपुर दरवार क्षेत्रको लायकु ढोकामा नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवाँले स्वागत गर्नुभएको थियो ।
प्रतिनिधिमण्डलले २०७२ सालको भुकम्पबाट क्षति पुगेको भक्तपुरका सम्पदाहरुको पुनःनिर्माण पश्चातको अवस्था, यहाँको कला, संस्कृति, जीवनशैलीबारे र पर्यटकीय व्यवस्थापनबारे विशेष चासो राखेको बताएका थिए । भक्तपुर नगरको लायकु, तौमढी, कुम्हाले टोल र दत्तात्रय क्षेत्रको साथै राष्ट्रिय कला संग्राहालयको अवलोकन गरेका थिए ।
अवलोकन भ्रमण पश्चात प्रतिनिधिमण्डल प्रमुख शियुकाङले भुकम्पबाट क्षति भएको सम्पूर्ण सम्पदाहरु पुनःनिर्माण पछि भक्तपुर अझ सुन्दर हुने भन्दै छिटो पुनःनिर्माणको शुभकामना व्यक्त गर्नुभयो । त्यस्तै भक्तपुर नगरपालिकाको तर्फबाट वडाध्यक्ष उकेश कवाँले मयुर झ्याल र भक्तपुर नगरपालिकाको प्रकाशनहरु उपहार प्रदान गर्दै भक्तपुर नगरपालिकाको गतिविधिहरुबारे बताउनु भएको थियो ।
अवलोकन भ्रमणमा भक्तपुर नगरपालिकाको तर्फबाट सह–निर्देशक एवं पर्यटक सूचनातथा सेवा केन्द्रकाप्रमुखगौतम प्रसाद लासिवा र चीनको युनानप्रदेशबाटयुनानप्रदेश कम्युनिष्ट पार्टी कार्यालयका उप–निर्देशकचाङ्गशिचीन,कृषितथादुर्गम सम्बन्धकार्यालयका उप–निर्देशक टुवान साओरन, संस्कृतितथा पर्यटन विभाग उप–निर्देशक साओ युन रयुनानप्रदेश विदेश सम्बन्धकार्यालयका उप–निर्देशकहरु वाङ्ग वेइ रलीसिहाईको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.