Explore news and happenings at Bhaktapur

लिपि राष्ट्रको सम्पत्ति भएकोले लिपिको संरक्षण गर्नु आवश्यक

भक्तपुर । ३० असार

0
प्रगति सामुदायिक सिकाइ केन्द्रको आयोजनामा १० दिने प्रचलित लिपि र रञ्जना लिपि लेखन तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम आइतबार सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सु्निल प्रजापतिको आतिथ्यमा भएको उक्त कार्यक्रममा उहााले लिपि राष्ट्रको सम्पत्ति भएकोले लिपिको संरक्षण गर्नु आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो, लिपि विकास गर्न सयौं वर्ष लागेको हुन्छ । यी सभ्यताको संरक्षण र निरन्तरता दिनु हाम्रो कर्तव्य हो । लिपि संरक्षणको निम्ति भक्तपुर नपाले स्थानीय पाठ्यक्रममा समावेश गरेको छ । सिक्ने÷सिकाउने काम निरन्तर चालु राख्नुपर्छ ।
प्रमुख प्रजापतिले भन्नुभयो, ‘शिक्ष्ँकले सिकेको ज्ञान विद्यार्थीमा बाँडेर भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने अभियानमा सबैको साथ र सहयोग आवश्यक छ । भक्तपुरलाई अनुसन्धानको केन्द्र बनाउने पहल भइरहेको छ ।’
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याखवले इतिहासको महत्वपूर्ण कालखण्डका सिकाइ नयाँ पुस्तामा हस्तान्तरण गर्न ख्वपको पहिचान सन्दर्भ सामाग्री हुने गरी पाठ्यक्रम निर्माण गरिएको बताउनुभयो ।
हरेक लिपि र भाषाँगै सभ्यता र संस्कृति जोडिने धारणा राख्दै उहाँले भन्नुभयो, ‘प्रचलित लिपि र भाषा संरक्षण गर्न त्यसको तालिम आवशयक छ । सभ्यता÷संस्कृति बुझ्ने पहलस्वरुप यो तालिम सञ्चालन गरिएको छ ।’
तालिमका प्रशिक्षक किशोर गोसाइले हरेक लिपिको आफ्नै विशेषता हुने धारणा राख्दै लिपि सिक्ने र सिकाउनेमा भक्तपुर नगरपालिकाको कदम प्रशंसनीय भएको बताउनुभयो ।
बागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले आफूले सिकेको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्नु सबैको दायित्व भएको बताउनुभयो ।
प्रगति सामुदायिक केन्द्रका अध्यक्ष रविन्द्रप्रसाद कुसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट सुनिता घटुवा र सुरज दिदियाले पनि बोल्नुभएको थियो । कार्यक्रममा मिलन गणेजूले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरुलाई प्रमुख प्रजापतिले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.