कानून दिवसको अवसरमा प्रवचन तथा “ख्वप न्याय दबु” पुस्तक विमोचन
मिति २०८१ वैशाख २६ गते बुधबार ।
बहत्तरौ कानुन दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ ल को आयोजनामा प्रवचन एवं कलेजबाट प्रकाशित ‘ख्वप न्याय दबु’ को विमोचन कार्यक्रम बुधबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले ‘ख्वप न्याय दबु’ मा प्रकाशित लेखहरू गहन विषयमा आधारित भएको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “समाजमा हरेक नागरिकको कर्तव्य हुन्छ । गलत कामको विरोध गरिएन भने कर्तव्यबाट च्युट भएको मानिन्छ, जुन अपराध ठहरिन्छ ।”
कानुन विषयको महत्त्वमाथि प्रकाश पार्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “हरेक क्षेत्रमा कानुनको ज्ञान भएको मानिस चाहिन्छ । राजनीतिक कार्यकर्ताहरूलाई सबभन्दा बढी कानुनको ज्ञान चाहिन्छ ।”
विद्यालय तथा कलेज तहको पाठ्यक्रममाथि टिप्पणी गर्दै उहा“ले पाठ्यक्रम परिवर्तन गर्नुपर्ने र हरेक तहको पाठ्यक्रममा कानुनी ज्ञान दिने विषय समावेश गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
“कारागारको जीवन भोगिरहेका धेरैजसो कैदीहरू ऐन, कानुनको अज्ञानताको कारण कैदी हुन बाध्य भएका छन् । नागरिकहरूलाई कानुनको सर्वमान्य सिद्धान्त जानकारी गराउन सके आपराधिक घटनामा कमी आउनेछ”, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
राष्ट्रिय पार्टीको मान्यता पाउनको लागि ३ प्रतिशत मतसीमा तोकिनु अप्रजातान्त्रिक भएकोले उक्त प्रावधानको नेमकिपाले विरोध गरिरहेको उहा“ले बताउनुभयो ।
हरेक राजनीतिक पार्टीले कुनै एक वर्गको हितमा प्रतिनिधित्व गर्ने, कुनै सिद्धान्त र विचारलाई मार्गनिर्देशक सिद्धान्त मानी अगाडि बढेजस्तै कामदार जनताको पक्षमा राजनीति गर्दै समाजवादी व्यवस्था हुँदै साम्यवादी समाज स्थापना गर्ने लक्ष्यका साथ नेमकिपा अगडि बढिरहेको उहा“ले बताउनुभयो ।
अध्यक्ष बिजुक्छे“ले भन्नुभयो, “उत्पादनका साधनहरू सामाजिकीकरण हुने, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुने, शोषणविरूद्धको हक हुने, शिक्षा, स्वास्थ्य उपचार निःशुल्क हुने, ज्येष्ठ नागरिकहरूको लागि आदर निकेतनको व्यवस्था हुने, शारीरिक र मानसिक श्रम तथा गाउ“ र सहरबिच भेद अन्त्य हुने राज्य व्यवस्था नै साम्यवादी व्यवस्था हो । साम्यवादी समाज एउटा सभ्य र सुसंस्कृत आदर्श समाज हुनेछ, जहाँ वर्ग र शोषणविहीन हुनेछ । हामी त्यसको निम्ति काम गरिरहेका छौ ।”
निर्वाचन घोषणापत्रअनुसार काम नगर्ने राजनीतिक पार्टीलाई कारबाही हुने व्यवस्था संविधान र कानुनमा उल्लेख गरिए निर्वाचनमा हुने बेथिति केही हदमा भए पनि नियन्त्रण हुने धारणा उहा“ले व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति, कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सर्वसाधारण जनताका छोराछोरीहरूलाई कम शुल्कमा कानुन विषयमा उच्च शिक्षा प्रदान गर्ने, समाजलाई बुद्धिजीवीकरण गर्ने काममा सहयोग गर्ने, नया“ पुस्तालाई एक्काइसौ शताब्दीका चुनौतीहरू सामना गर्न सक्ने देश र समाजप्रति उत्तरदायी कानुनका विद्यार्थी बनाउने, शिक्षालाई उत्पादन श्रमसँग मिलाउने र श्रमलाई सम्मान गर्ने नागरिक तयार गर्ने उद्देश्यले ख्वप कलेज अफ ल स्थापना भएको बताउनुभयो ।
विद्यार्थी भर्ना चापअनुसार ख्वप कलेज अफ लमा थप कोटा स्वीकृतिको लागि पूर्वाञ्चल विश्वविद्यालयमा निवेदन दिइरहेको जानकारी दिदै प्रमुख प्रजापतिले कलेजको मागअनुसार पूर्वाञ्चल विश्वविद्यालयले विद्यार्थी कोटा बढाइदिने आशा व्यक्त गर्नुभयो ।
उहा“ले भन्नुभयो, “न्यायाधीश नियुक्ति लगत्तै पार्टी कार्यालयमा पुगेर नेताहरूबाट आशीर्वाद लिने न्यायाधीशहरूबाट कसरी न्यायपलिका स्वतन्त्र हुनसक्छ ? तिनीहरूबाट कसरी निष्पक्ष न्यायको अपेक्षा गर्न सकिन्छ ?”
“संविधान र कानुनका दफाहरूमा न्यायपालिका स्वतन्त्र उल्लेख भए पनि व्यवहारमा जनताले त्यसको अनुभूति गर्न पाएका छैनन् । कानुनमा उल्लेख भएका प्रावधानहरू व्यवहार लागु गर्न विद्यार्थीहरूले अहिलेदेखि नै तुलनात्मक अध्ययन गर्नु खा“चो छ”, प्रमुख प्रजापतिले भन्नुभयो ।
देश र जनताको हितमा कानुन बनाउने सांसद प्राज्ञिक थलो हुनुपर्नेमा झगडा गर्ने अखडा भएको प्रस· उल्लेख गर्दै उहा“ले सङ्घीय संसद् र प्रदेशसभामा कानुनका विज्ञहरू पुग्ने परिस्थिति निर्माण भएको देशमा विकृति र विस·ति कम भएको बताउनुभयो ।
देशको स्थिति दिनप्रतिदिन बिग्र“दै जानुमा सरकारमा जाने पार्टीहरू नै दोषी रहेको धारणा व्यक्त गर्दै प्रमुख प्रजापतिले विद्यार्थीहरूले आलोचनात्मक दृष्टिकोणको विकास गर्नुपर्ने धारणा राख्नुभयो ।
संसदीय सर्वोच्चता वा न्यायिक सर्वोच्चता भन्ने बहस भइरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले संसदीय व्यवस्थामा आफ्नै पार्टीका सांसद वा विपक्षी सांसदहरूको कारण संसद् चल्नै नसक्ने अवस्था आएमा संसद् भङ्ग गर्ने अधिकार प्रधानमन्त्रीमा रहने तर, नेपालमा पटक पटक प्रधानमन्त्रीले संसद भङ्ग गरेकोलाई न्यायपालिकाले पुनःस्थापना मात्र गरेन दिन र घण्टा नै तोकी प्रधानमन्त्रीलाई शपथग्रहण गराउन आदेश दिनुले कतै संसद्को अधिकार न्यायालयमा त पुगेन भन्ने प्रश्न उठ्ने गरेको उहा“ले प्रस्ट पार्नुभयो ।
पूर्वाञ्चल विश्वविद्यालय मानविकी तथा कानुन सङ्कायका डीन प्रा.डा. अनिलकुमार पोखरेलले कानुनले अधिकार प्रदान गरे पनि शासकहरूले आप्mनो स्वार्थमा अप्ठेरो पर्नेबित्तिकै जनताको अधिकार कुण्ठित गर्ने गरेको बताउनुभयो ।
उहा“ले विद्यार्थीहरूलाई सहजरूपमा कानुन पढ्ने वातावरण भए विदेश पढ्न जानेहरूको सङ्ख्यामा कमी आउने बताउँदै नेपालमा अरू विषयको तुलनामा कानुन अध्ययनतर्पm विद्यार्थीहरूको आकर्षण बढिरहेको स्पष्ट पार्नुभयो ।
फौजदारी कानुनका विज्ञ एवं वरिष्ठ अधिवक्ता प्रा.डा. रञ्जितभक्त प्रधाना·ले कानुन राम्रोस“ग अध्ययन गर्ने हो भने विविधशास्त्र अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले ख्वप कलेज अफ ल राम्रो बनाउन पुस्तकालय राम्रो हुनुपर्नेमा जोड दि“दै भन्नुभयो, “कलेज राम्रो गर्न पुस्तकालय राम्रो हुनुपर्छ । पुस्तकालयमा आकर्षण नभएको विद्यार्थी राम्रो विद्यार्थी हुँदैन ।”
कानुन जनताको हितमा हुनुपर्ने बताउँदै उहाँले जनताको हित नगर्ने कानुन परिमार्जनको विकल्प नहुने बताउनुभयो ।
भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाशीश बासुदेव न्यौपानेले मानिस जीवित रहँदा मात्रै होइन मरिसकेपछि पनि कानुनद्वारा शोषित हुनुपर्ने बताउँदै शेषपछि बकसपत्र दिएकोमा दिने मान्छे मरेपछि कार्यान्वयनमा आउने स्पष्ट पार्नुभयो ।
संसद्मा मात्रै होइन देशका विभिन्न क्षेत्रमा विकृति भएको उल्लेख गर्दै उहा“ले अदालतको काममा जनताले सूक्ष्मरूपमा अध्ययन गरी कमी कमजोरी भए सुधारको लागि आलोचना गरी सहयोग गर्न आग्रह गर्नुभयो ।
कानुन अध्ययन समाज नेपालका अध्यक्ष एवं अधिवक्ता रामप्रसाद प्रजापति र ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले कानुन दिवस मनाउनुको उद्देश्य र औचित्यमाथि प्रकाश पार्नुभयो ।
ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले सहभागी सबैलाई स्वागत गर्दै कलेजमा कोटा थप भए धेरै विद्यार्थीहरूले कानुन पढ्ने अवसर पाउने बताउनुभयो ।
कार्यक्रममा कलेजद्वारा आयोजित निबन्ध प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो भएका विद्यार्थीहरूलाई प्रमुख अतिथि बिजुक्छे“ले पुरस्कार वितरण गर्नुभयो भने कलेज सञ्चालक समितिका अध्यक्ष एवं नगर प्रमुख प्रजापतिले अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।



