Explore news and happenings at Bhaktapur

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा डोरी तान्ने प्रतियोगिता

भक्तपुर । २०८० चैत्र २३ गते, शुक्रबार

0
भक्तपुर नगरपालिका ८ वडा कार्यालयको आयोजनामा अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर वडा व्यापी महिला टग अफ वार (डोरी तान्ने) प्रतियोगिता आयोजना सम्पन्न गरेको छ ।
प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गर्नुहुदै नेपाल क्रान्तिकारी महिला संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष एवं बागमती प्रदेश सांसद श्रृजना सायजुले महिला दिवसको अवसरमा आयोजित डोरी तान्ने प्रतियोगिताले महिलाहरु पनि शारीरिक रुप बलियो हुनुपर्ने कुरा सिकाउने बताउनु भयो । “महिलाहरु शारीरिक रुपमा कमजोर हुन्छ भन्ने धारण गलत हो । शारीरिक रुपमा बलियो र निरोगी हुन महिलाहरुले पनि नियमित रुपमा शारीरिक रुपमा व्यायाम गर्ने गर्नु पर्छ ।” उहाँले भन्नु भयो ।
विभिन्न शारीरिक समस्या लिएर स्वास्थ्य परिक्षणको लागि अस्पतालमा जाने चार जना विरामीमा एक जनामा मानसिक रोगका लक्षण देखा परेको भनेर डाक्टरले बताउने हुँदा महिलाले शारीरिक स्वास्थ्यको साथ साथै मानसिक स्वास्थ्यमा पनि विशेष ध्यान दिनुपर्नेमा प्रमुख अतिथि श्रृजना साँयजुले विशेष जोड दिनु भयो ।
भक्तपुर नगरपालिका ८ वडाका वडा अध्यक्ष कृष्णप्रसाद कोजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेक्रामसंघ ८ वडाका सदस्य एवं पुर्व महिला वडा सदस्य पंचलक्ष्मी दुवाल, वडा सदस्य सुमित्रा बोहजुले पनि महिलाहरुको लागि पनि खेलकुद गतिविधिको आवश्यकताका विषयमा मन्तव्य राखेका थिए ।

Leave A Reply

Your email address will not be published.