Explore news and happenings at Bhaktapur

दमक नपाका उपप्रमुख भट्टराई प्रसाई भक्तपुर नपामा

मिति २०८० फागुन १० गते विहीबार ।

0
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीसँग दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई प्रसाईले भनपा सभाकक्षमा बिहिबार भेट गर्नुभयो । उपप्रमुख जोशीले आगन्तुक उपप्रमुख भट्टराई प्रसाईलाई खादा ओढाई स्वागत गर्नुभएको थियो ।
भेटमा दुई नपाबीच भएका असल अभ्यासबारे छलफल भयो । उपप्रमुख जोशीले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, खेलकुदलगायत सम्पदा संरक्षण र विकास निर्माणमा गरिरहेको कार्यहरुको बारेमा जानकारी दिनुहुँदै भक्तपुर नगरपालिकाले ७ वटा शैक्षिक संस्थाहरु सञ्चालन गरिरहेको र ती कलेजहरुमा ७७ वटै जिल्लाका करिब ७ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको बताउनुभयो । उपप्रमुख भट्टराईले विभिन्न स्थानीय तहहरुको असल अभ्यासको बारेमा जानकारी आदान–प्रदान गर्नुहुँदै भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमा गरिरहेको कार्य उल्लेखनीय भएको बताउनुभयो ।
भेट पश्चात उपप्रमुख जोशीले उपप्रमुख भट्टराई प्रसाइलाई भनपाको केही प्रकाशनहरु प्रदान गर्नुभएको थियो ।
भेटमा ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्ल, प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई, प्रशासकीय अधिकृत दामोदर सुवाललगायतको उपस्थिति रहेको थियो ।साथै उपप्रमुख भट्टराई प्रसाईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल, ख्वप कलेज, ख्वप ईन्जिनियरिङ्ग कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ्ग अवलोकन गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.