Explore news and happenings at Bhaktapur

फागुन १३ गतेबाट दादुरा–रुबेला खोप अभियान सञ्चालन

भक्तपुर । २०८० फागुन ८ गते, मंगलबार

0
भक्तपुरमा दादुरा–रुबेला खोप अभियान २०८० फागुन १३ गतेदेखि २३ गतेसम्म सञ्चालन गरिने भएको छ ।
दादुरा–रुबेला खोप अभियानअन्तर्गत २०८०।८१ भक्तपुर नगरपालिकास्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम मंगलबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले लक्षित समूह यस खोप अभियानबाट बञ्चित हुन नहुने बताउँदै भनपाभित्रका सबै बालबालिकाहरुलाई खोपको सुनिश्चितता गर्ने बताउनुभयो ।
राज्यले बालबालिकालाई स्वस्थ राख्न विभिन्न रोगविरुद्धको खोपमा सरकारले सम्पूर्ण खर्च व्यहोर्दै आएको बताउँदै उहाँले सरकारले निःशुल्क रुपमा प्रदान गर्दै आइरहेको खोपमा बालबालिकाको पहुँच पु¥याउनु आवश्यक भएको बताउनुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका खोप अधिकृत शान्तिराम खतिवडाले खोप अभियान सम्पन्न गर्न सबैको सहकार्य आवश्यक भएको बताउनुभयो । नेपाल सरकारको उच्च प्राथमिकतामा परेको दादुरा–रुबेला खोप ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुमा लगाइने बताउँदै उहाँले खोप अभियानको उद्देश्य, अवस्था र उपलब्धीबारे प्रस्तुतीकरण देखाउनुभएको थियो ।
उक्त कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रप्रअ वसन्त भट्टराई, वडाध्यक्षहरु, विद्यालय र पत्रकार प्रतिनिधिको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.