Explore news and happenings at Bhaktapur

काल्हाँचा क्षेत्रमा रिटेनिङ वाल निर्माणबारे आयोजना प्रतिनिधिहरुसँग छलफल

भक्तपुर । २०८० फागुन ४, शुक्रबार ।

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सम्बन्धित वडा नं. ५ का वडाध्यक्ष, सडक विभाग सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाका प्रतिनिधिहरुको बैठक बस्यो । बैठकले भक्तपुर नगरपालिका र सडक विभाग सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाका प्रतिनिधिहरुबीच भएको उक्त छलफलले स्थानीय बासिन्दा र अन्य सडक प्रयोगकर्ताहरुलाई अप्ठेरो नपर्ने गरी दुवै पक्षका प्राविधिकहरुबीच छलफल गरी यातायात आवागमन सहज हुने गरी आवश्यक व्यवस्था गर्ने निर्णय ग¥यो ।
नेपाल सरकारको लागतमा सूर्यविनायकदेखि साँगासम्म रु. ३ अर्ब ९० करोड र साँगादेखि धुलिखेलसम्म रु. ४ अर्ब गरी करिब रु. ८ अर्बको लागतमा उक्त सडक निर्माण भइरहेको हो ।
May be an image of 7 people, people studying, table and text

Leave A Reply

Your email address will not be published.