Explore news and happenings at Bhaktapur

कसिमला पाँय्, बुद्धिचाल र बाघचाल खेल सम्पन्न

माघ २३, भक्तपुर ।

0
भक्तपुर नगरपालिकाको आयोजनामा मिति २०८० माघ २१ गतेदेखि सुरु भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार कसिमला पाँय्, बुद्धिचाल र बाघचाल खेल सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उप प्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमममा उहाँले नगरपालिकाले प्रतियोगितालाई खेलकुद महोत्सवको रुपमा लिइएको र विद्यार्थीको शारीरिक, मानसिक विकास गर्ने उद्देश्यले हरेक वर्ष खेलकुद कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
खेलाडीको गहना अनुशासन रहेको चर्चा गर्नुहुदैं देशको सार्वभौमिकता रक्षाका लागि खेलाडीहरु सधंै तत्पर रहनुपर्ने पनि बताउनुभयो ।
खेल, स्वास्थ्य र शिक्षालाई सँगै लगेमा जीवनमा सफलता प्राप्त गर्न सक्ने समेत उहाँले बताउनुभयो ।
त्यस्तै वडा नं ६ का वडा सदस्य गोविन्द दुवालले सरकारमा रहेका दल तथा नेताहरुमा अनुशासनको कमी रहेकोले उनीहरुले देश र जनताको बारेमा कहिल्यै पनि नसोचेको बताउनुभयो । विद्यार्थीहरु भविष्यका कणर्धार रहेका भन्नुहुदै उहाँले अनुशासित विद्यार्थीहरुले मात्र देश र जनताको लागि योगदान गर्ने बताउनुभयो ।
त्यस्तै युवा तथा खेलकुद समितिका संयोजक एवं भक्तपुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले २१ गतेबाट सुरु भएको १५ विधाका विभिन्न खेलकुद प्रतियोगितामा कक्षा १ देखि कक्षा १२ सम्मका २२०० भन्दा बढी खेलाडीहरु सहभागी भएको बताउनुभयो ।
साथै नगरपालिकाले चुनावी घोषणापत्र बमोजिम खेलकुद प्रतियोगिताहरु आयोजना गरिएको चर्चा गर्नुहुदैं नगरपालिकाले खेल प्रशिक्षण अन्तर्गत ६ वटा खेलहरु प्रशिक्षण दिदै आएको र प्रशिक्षणमा सहभागी हुन वडा कार्यालयमा सम्पर्क गर्न सकिने समेत बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष हरिराम सुवालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा वडा नं ६ का वडा सदस्य तथा कार्यपालिका सदस्य रोशनमैया सुवाल, वडा सदस्य सिद्धि राम अवालले पनि बोल्नुभएको थियो ।
खेलमा उत्कृष्ट हुन सफल विद्यार्थीको नतिजा ६ नं खेलकुद समितिका संयोजक राजुसिहं बजिकोले सुनाउनुभएको थियो भने पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुबाट कसिमला पाँय, बुद्धिचाल र बाघचाल खेलमा प्रथम, द्धितीय, तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो ।
उदयमान खेलाडीको रुपमा बाघचाल तर्फ ज्ञानतारा इ. स्कुलका विराज ग्वाछा, बुद्धिचाल तर्फ महेन्द्र विद्या आश्रमका सोफिया मधिकर्मी, वागीश्वरी माविका प्रत्यिस श्रेष्ठ, कसिमला पाँय तर्फ शारदा माविका निश्चल राजचल, नविन आधारभूत विद्यालयका जेनिशा कपाली रहेका छन् ।

Leave A Reply

Your email address will not be published.