Explore news and happenings at Bhaktapur

२६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा भूकम्प सुरक्षा सम्बन्धी एक Talk program

0
भक्तपुर नगरपालिका, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा भूकम्प सुरक्षा सम्बन्धी एक Talk program, माघ २ गते दत्तात्रयमा भएको भूकम्प सुरक्षासम्बन्धी जनचेतानामूलक शैक्षिक प्रदर्शनीमा उत्कृष्ट भएका मोडेलहरुको पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रम एक समारोहका बीच मिति २०८० माघ ५ गते सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले प्रधानमन्त्रीलाई पक्षपात नगर्न आग्रह गर्नुभयो । नेपाल सरकारले मन्त्रीपरिषद्को विभिन्न बैठकबाट निर्णय गरेर विभिन्न सरकारी कार्यालय, संघ संस्था, स्कूल कलेजका लागि सरकारी जग्गा उपलब्ध गराएको तर जनताका छोरा छोरीलाई अध्ययन गराउन ख्वप विश्वविद्यालयलाई भक्तपुर सल्ल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी जग्गा उपलब्ध नगराएको बताउनुभयो । राजा विरेन्द्रको पालामा भक्तपुरका जनताबाट रोपनीको रु १८०० मा खरिद गरेको जग्गामा जनताको विश्वविद्यालय बन्नु उपयुक्त भएको हु“दा ख्वप विश्वविद्यालयलाई उक्त जग्गा उपलब्ध गराउन माग गर्नुभयो ।
माघ २ गते दत्तात्रयमा भएको भूकम्प सुरक्षासम्बन्धी जनचेतानामूलक शैक्षिक प्रदर्शनीमा उत्कृष्ट एवं सहभागी मोडेलहरुलाई बधाई दिदै भूकम्पबाट हुने क्षतिको सुरक्षा व्यक्तिले गर्न गा¥हो हुनेभएको हुदा सरकार र राजनैतिक बन्दोबस्तले मात्र भूकम्पको सुरक्षाको बन्दोबस्त गर्न सक्ने बताउनुभयो । निजी क्षेत्रले नाफाको निम्ति काम गर्ने भएको हुदा विभिन्न निर्माण सामाग्रीहरुपनि सरकारले उपलब्ध गराउनुपर्ने बताउनुभयो । समाजवादी देशहरुमा जनताको घर सरकारले नै बनाइदिने भएको हुदा भूकम्प प्रतिरोधी हुने बताउनु हुदै भूकम्प सुरक्षासम्बन्धमा सरकार एकदमै जिम्मेवार हुनुपर्ने बताउनुभयो । भूकम्पको जोखिम कम गर्न देशैभरी डकर्मी सिकर्मीलाई भूकम्प प्रतिरोधात्मक निर्माण सम्बन्धी तालिम संचालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज संचालक समितिका अध्यक्ष सुनिल प्रजापतिले २०७२ सालको भूकम्पबाट क्षति पुगेका भक्तपुरका सम्पदाहरुको पुनःनिर्माणको लागि आन्तरिक स्रोतबाट सम्पूर्ण सम्पदाहरुको पुनःनिर्माण गरेको बताउनुभयो । भक्तपुरको सम्पदा पुनः निर्माण गर्न जर्मन सरकारले ससर्त उपलब्ध गराउने १० मिलियन युरो सहयोग नलिई आफ्नै स्रोतमा पुनःनिर्माण गरेको बताउनुभयो । अरुको भरमा नभई आफ्नै खुट्टामा उभिएर आत्मनिर्भर भई काम गर्नुपर्ने बताउनुभयो । कमजोर संरचना निर्माणमा इन्जिनियर जिम्मेवार हुने बताउनुहु“दै कम लागतमा बलियो घर निर्माण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उप प्रमुख एवं कलेज संचालक समितिका उपाध्यक्ष आ. रजनी जोशीले धेरैमा ढलान गरेको घरमात्रै बलियो हुने गलत धारण रहेको बताउनुहुदै मौलिक प्रविधिमा निर्माण भएका घरहरु झनै बलियो र भूकम्प प्रतिरोधी हुने बताउनुभयो । जाजरकोटको पुनः निर्माणका प्राविधिकहरु भक्तपुरको पुनःनिर्माणबारे स्थलगत भ्रमणमा आएको बताउनु हुदै भवन निर्माण सम्बन्धी मापदण्डमा दक्ष आर्किटेक्ट इन्जिनियरहरुले उपयुक्त सुझाव दिनुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरि·का प्राचार्य ई. सुनिल दुवाल, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माक, ख्वप इन्जिनियरिङ कलेजका उप प्राचार्य डा. सुवेगमान बिजुक्छेंले पनि भूकम्प सुरक्षासम्बन्धी विभिन्न उपायहरुबारे चर्चा गर्नुभयो ।
उक्त कार्यक्रममा खानी तथा भूगर्भ विभागका ई. चिन्तन तिमसिनाले Seismicity and Seismo Tectonics of Nepal Himalaya, Implication for Jajarkot Earthquake विषयमा र ई. जगदीश मान श्रेष्ठले Role of Quality Construction in Earthquake Resistance Structures विषयमा प्रस्तुती दिनुभएको थियो ।
कार्यक्रममा माघ २ गते दत्तात्रयमा भएको भूकम्प सुरक्षासम्बन्धी जनचेतानामूलक शैक्षिक प्रदर्शनीमा उत्कृष्ट भएका मोडेलहरु एवं पेपर ब्रिज प्रतियोगिताका विजयीहरुलाई भक्तपुर नगरपालिकाका उप प्रमुख एवं कलेज संचालक समितिका उपाध्यक्ष आ. रजनी जोशीले पुरस्कार एवं प्रमाणपत्र वितरण गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.