Explore news and happenings at Bhaktapur

प्रमुख प्रजापतिसँग गुल्मीको मालिका गापा उपाध्यक्ष उपेन्द्र अर्यालको भेट

भक्तपुर । २०८० पुस १९ गते, बिहीबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग गुल्मी जिल्लाको मालिका गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले मंगलबार भनपा सभाकक्षमा भेट गर्नुभयो । भेटमा उहाँहरुबीच दुई नगरपालिकाले शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतका क्षेत्रमा गरेका कार्यबारे अनुभव आदानप्रदान भयो । सोही क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाद्वारा सञ्चालित कलेज, अस्पताल, घरदैलो नर्सिङ सेवा, जनज्योति पुस्तकालयको सेवा प्रवाह तथा देशको समसामयिक विषयमा अवगत गराउनुभयो ।

Leave A Reply

Your email address will not be published.