Explore news and happenings at Bhaktapur

राजनैतिक एवं प्रशासनिक प्रतिवद्धता र उत्तरदायित्व नै सुशासनका परिचायक वसन्त भट्टराई, प्रमुख प्रशासकीय अधिकृत—भक्तपुर नगरपालिका

0
शिक्षा र स्वास्थ्यको लागि स्वर्णभूमि भक्तपुर नगरपालिका स्थापनाको ७४ औँ वर्षको उपलक्ष्यमा म सम्पूर्ण जनप्रतिनिधिज्यूहरु, कर्मचारी साथीहरु, नगरनिवासी नागरिकहरुलगायत यस नगरका सम्पूर्ण शुभेच्छुकहरु आमाबुबा, दाजुभाई दिदीबहिनीहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु । बाहृौ शताब्दी देखि पन्ध्राँै शताब्दीसम्म नेपालको राजधानी रहेको यस नगर नेपालमा सर्वप्रथम स्थापित ६ वटा नगरपालिकाहरुमध्ये एक हो ।
‘संसार बदल्नु छ शुरुवात आफैबाट गर्नु छ’ भने झँै देशकै सबैभन्दा कम क्षेत्रफल भएको नगरपालिका भए तापनि भक्तपुर नगरपालिकाले आजभन्दा २२ वर्ष अघि स्थापना गरी सञ्चालन गरेको ख्वप ईञ्जिनियरिङ्ग कलेजसँगै शिक्षा र स्वास्थ्यमा सञ्चालन गरेका ८ वटा शैक्षिक संस्थाहरु, ख्वप अस्पताल सञ्चालन, घरदैलो नर्सिङ्ग सेवा, शिशु स्याहार केन्द्र सञ्चालन, निःशुल्क अक्सिजन तथा रक्तसञ्चार सेवा, श्वासप्रश्वास पुनःस्थापना सेवा, शैक्षिक ऋण जस्ता कार्यक्रम स्थानीय तहहरुले सञ्चालन गरेका अग्रणी कार्यक्रम हुन् भने विश्वभरका लागि समेत नमुनाका रुपमा रहेका छन् ।
विश्व प्रसिद्ध लेखक शिब खेडाका अनुसार ‘सफल हुनका लागि कुनै फरक काम गर्नु पर्दैन केवल फरक तरिकाले आफ्नो कार्य गर्नुपर्दछ’ भनेझँै शासन ब्यबस्थामा आएको नविनतम् सोचअनुरुप नागरिकलाई केन्द्रमा राखी नागरिकको चाहनाको खोजी गर्दै उत्तरदायी रुपले नागरिक र जनसेवालाई महत्व दिँदै जनप्रतिनिधिहरुले जनतासमक्ष निर्वाचन घोषणापत्रमार्फत गरेका प्रतिवद्धतालाई ब्यबहारमा उतार्न गरेको निर्वाचित पदाधिकारीहरुको अहोरात्रको मिहनेत र राजनीतिले लिएको उक्त सोचलाई पूर्ण रुप दिन इमान्दारिता, नैतिकताका साथ कर्मचारीहरुले निर्वाह गरेको जिम्मेवारी र खेलेको भूमिका प्रशंसनीय छ ।
राजनैतिक तहको कठोर इच्छाशक्ति र दक्ष ब्यबस्थापकीय नेतृत्वको छहारीमा पारदर्शी कार्यप्रणाली, सामूहिक निर्णय पद्धति, सबै क्षेत्रमा स्वच्छ ब्यबहारको प्रदर्शन, सार्वजनिक क्रियाकलापमा ईमान्दारिता, जनसमुदाय तथा सरोकारवालाको सहभागिता, राजनैतिक एवं प्रशासनिक प्रतिवद्धता र उत्तरदायित्व नै सुशासनका परिचायक हुन् । यी र यस्तै सूचकहरुको कसीमा मूल्याङ्कन भई ट्रान्सपरेन्सी ईन्टरनेशनलबाट क्ष्कबिलम या क्ष्लतभनचष्तथ (सदाचारको टापू) को रुपमा पुरस्कृत हुनु आजको समयमा राजनीतिज्ञ र सार्वजनिक प्रशासनप्रति आम नागरिकको बढ्दो निराशा र बितृष्णामाझ देशमै सुनौलो आशाको किरणको रुपमा रहेको छ ।
नेपालको राजनीतिक क्षेत्रका वरिष्ठ राजनीतिज्ञ तथा नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छँेबाट लिखित “सय वर्षपछिको भक्तपुर”मा लेखिएझैँ यस भक्तपुर नगरलाई विहान प्राचिन शहरजस्तो, दिउँसो विश्वविद्यालयजस्तो, राति साच्चै प्राचिन लुगा लगाएकी आधुनिक नर्तकी वा सुन्दरीजस्तो उत्सवको शहर वा बाहृमासे चाडको नगर निर्माणका लागि सम्पूर्ण राजनीतिकर्मी, नागरिक, शुभेच्छुक, राष्ट्रसेवकहरुको दशकाँैको सहकार्य आवश्यक छ र यसका आफ्नो तर्फबाट एक सानो इट्टा थप्नका लागि सदैब इमानदार र कर्तब्यनिष्ठ रुपले आफ्नो भूमिका निर्वाह गर्नका लागि प्रतिवद्ध रहन सम्पूर्ण कर्मचारी मित्रहरुमा अनुरोध गर्दछु ।
यदि नागरिकहरुबाट गुनासा, सुझाव, मूल्याङ्कन, आलोचना प्राप्त भएनन् भने जनप्रतिनिधि र कर्मचारीमा उन्माद चढ्न सक्छ । तसर्थ सधैभरी हामीले सम्पादन गर्ने कार्य, निर्वाह गर्ने भूमिका र प्राप्त उपलब्धिहरुमा नागरिकहरुबाट खबरदारी आवश्यक छ । यहाँहरुको सकारात्मक हौसला, प्रेरणा, सचेतना र खबरदारीले नै हामीलाई नगरको उद्देश्य प्राप्तिका लागि सही पद्मार्ग पछ्याउन मद्दत गर्दछ । कर्मचारीबर्गमा समेत इमानदारीताका साथ सेवा प्रदान गर्नेहरुलाई मौद्रिक वा गैरमौद्रिक प्रोत्साहन तथा कामचोर, ठग, रुल्स र रुटिनमा मात्र रमाउनेहरुलाई दण्ड प्रणाली लागू गर्नु अबको आवश्यकता महसूस गरेको छु ।
आजको यस नगर स्थापनाको वार्षिकोत्सबको अवसरमा आफ्नो अमूल्य समय र मार्गदर्शन प्रदान गर्नुहुने यस समारोहका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ ज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु साथै हाम्रो निमन्त्रणलाई सहस्र स्वीकार गरी आफ्नो ब्यस्त समयका बाबजुद कार्यक्रममा उपस्थित भई हामी सम्पूर्णलाई हौसला प्रदान गरिदिनुभएकोमा सहायक प्रमुख जिल्ला अधिकारी श्री डोरेन्द्र निरौलाज्यूलाई हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छु । आज यस कार्यक्रमको शुरुमा प्रदर्शित उत्कृष्ट भिडियो र तस्वीर प्रतियोगितामा बिजेता लगायतका सम्पूर्ण प्रतियोगीहरुलाई आफ्नो मिहनेत र प्रयासको उच्च कदर गर्दछु । आजको यस वार्षिकोत्सव कार्यक्रमलाई यस क्षणमा ल्याई पु¥याउन खटिने जनप्रतिनिधि र कर्मचारीहरुलाई धन्यवाद ब्यक्त गर्दै नागरिक सेवामा रहने ब्यस्त समयबाट केही समय निकाली यस कार्यक्रममा सहभागी हुनु भएकोमा आदरणीय नगर प्रमुख तथा उपप्रमुख लगायत नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिज्यूहरु, शाखा प्रमुख सहितका कर्मचारी साथीहरु लगायतका सम्पूर्ण महानुभावहरुलाई हार्दिक आभार सहित धन्यवाद प्रदान गर्दछु ।
(भक्तपुर नगरपालिकाको ७४ आँै वार्षिकोत्सव समारोहको अवसरमा २०८० पुस २ गते आयोजित प्रवचन कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईद्वारा व्यक्त मन्तव्य)

Leave A Reply

Your email address will not be published.