Explore news and happenings at Bhaktapur

आँखा अस्पतालमा सस्तो सुलभ र गुणस्तरीय सेवा दिन जोड

0
भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप तिलगंगा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले आँखा बिरामीहरूको लागि सस्तो, सुलभ र गुणस्तरीय सेवा दिने उद्देश्यले सञ्चालन गरेको बताउनुभएको छ ।
सोमबार भएको सरोकारवालाहरूको भेलामा नगर प्रमुख प्रजापतिले उक्त आँखा अस्पताल भक्तपुर नगरपालिका, ख्वप तिलगंगा आँखा अस्पताल र अप्थलमोलोजी तिलगंगा संस्थाको समन्वयमा सञ्चालन भइरहेको अवगत गराउनुभयो ।
हाल सञ्चालनमा रहेको उक्त आँखा अस्पताल ठाउँ अभावको कारण छिट्टै नै ख्वप अस्पतालको नया“ भवनमा सार्ने तयारी भइरहेको जानकारी दिँदै उहाँले नयाँ भवनमा सरेपछि थप सेवा विस्तार हुने विश्वास दिलाउनुभयो ।
अस्पतालको क्षमताअनुसार आँखाका गरीब बिरामीहरूको पनि उपचारमा सेवा पु¥याउनुपर्ने विचार व्यक्त गर्दै आँखाका बिरामीहरूको गुनासो सम्बोधन गर्ने किसिमले काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
आँखा उपचार केन्द्रमा जनशक्तिको अभाव भएकै कारण विद्यालयका शिक्षक शिक्षिकाहरूलाई आ“खाको तालिम सञ्चालन गरेको विचार व्यक्त गर्दै उहाँले सो सेवा हरेक विद्यालयमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
आँखा विशेषज्ञ डा. सन्दुक रूइटले भक्तपुरको एउटा कार्यक्रममा आँखाका बिरामीहरूको निम्ति भक्तपुरमा नया“ प्रोजेक्ट सञ्चालन गर्ने भनी उठाएको प्रस· जोड्दै उहाँले सो प्रोजेक्ट थालनी भए यहा“का आ“खाका बिरामीहरूको बढी सेवा हुने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा ख्वप तिलग·ा अस्पतालका इन्चार्ज धिरज अधिकारीले आँखा अस्पताल केन्द्र स्थापनादेखि हालसम्म केन्द्रले गरेको गतिविधि र प्रगतिबारे जानकारी दिनुभयो ।
आँखा केन्द्र स्थापनादेखि उक्त आ“खा अस्पतालमा केन्द्र र सार्वजनिक शिविरमा समेत गरी हालसम्म ३ लाख ३७ हजार ९ सय २२ जनाले उपचार पाएको जानकारी दिँदै उहाँले भन्नुभयो, “चार वर्षको अवधिमा ८३६ जनाको आ“खाको शल्यक्रिया भइसकेको छ ।”
कार्यक्रममा डा.विक्रम श्रेष्ठ, डा. मजेशप्रताप मल्ललगायतका चिकित्सकहरूले आँखा अस्पताल केन्द्रले गरिरहेको कार्यक्रम, प्रगति र भावी योजनाबारे जानकारी दिनुभयो ।
उक्त अन्तरक्रियात्मक कार्यक्रममा उठेका जिज्ञासाहरूको जवाफ आँखा चिकित्सकहरूले दिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.