Explore news and happenings at Bhaktapur

भक्तपुर नपाको चौधौं नगरसभा चालु

२०८० असार १५ गते, शुक्रबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको चौधौं नगरसभाको बैठक शुक्रबार पनि चालु रह्यो ।
सभाको आजको बैठकमा भक्तपुर नगरपालिकाको आ.व. २०८०/०८१ को बजेटमाथि भएको दफावार छलफलमा सिद्धिराम अवाल, हेरा ख्याजू, रिता फसिकवा, इन्द्रबहादुर श्रेष्ठ, रामसुन्दर बासी र तारादेवी शाक्य गरी ६ जना सभासद्हरुले भाग लिनुभएको थियो ।
छलफलमा भाग लिँदै सभासद् तारादेवी शाक्यले कमलविनायकदेखि लान्चा फल्चासम्मको सडकको दुवै क्षेत्रमा पेटी, सडक बत्ती र वृक्षारोपणको लागि बजेट आवश्यक भएको, सभासद् रामसुन्दर बासीले वडागत योजनाको लागि रु. ५० लाख अपुग भएको, सभासद् इन्द्रबहादुर प्याथले आ.व. २०८०।८१ को लागि कर टोलीको व्यवस्था गर्नुपर्ने, सभासद् सिद्धिराम अवालले आर्युवेदिक उपचार विधिलाई प्राथमिकतामा राख्नुपर्ने, सभासद् हेरा ख्याजुले भनपा ७ स्थित सिद्धि शारदा आ.विको भवन पुनःनिर्माण गर्नुपर्ने र सभासद् रिता फसिकवाले कर संकलनको लागि घुम्ती कर टोलीको व्यवस्था हुनुपर्नेलगायतका सुझाव दिनुभयो ।
सभाको अर्को बैठक २०८० असार २० गते बुधबार दिनको १ बजे बस्ने गरी स्थगित भयो ।

Leave A Reply

Your email address will not be published.