भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग जनवादी गणतन्त्र चीनको सानतो· प्रान्तको हुआन थाई नगरपालिकाका प्रतिनिधिमण्डल टोलीले आइतबार भेट गर्नुभएको छ । भेटमा उहाँहरुबीच भक्तपुरको शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्र्धन आदिबारे छलफल भयो ।
भेटमा ओभरसिज चाइनिज एसोसिएसन पोखरा, नेपालका लु मिङ हुई, युन सान, काओ कुइटो, छेन जिबलवेई, सुन वेई, दोभाषे सुदर्शन नेपाल र सुस्मिता पौडेलको उपस्थिति रहेको थियो ।
