Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकालाई सहकारी संस्थाहरुद्वारा एकै दिन ३० लाख सहयाेग

मिति २०७८ जेष्ठ ९ गते आइतबार ।

0
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को दोस्रो लहर अहिले भक्तपुर जिल्लामा पनि जनस्तरमा फैलिसकेको हुँदा भक्तपुर नगरपालिकाले २५ वटा एचडियू सहितको ७५ बेडको ख्वप अस्पताल (कोभिड युनिट) सञ्चालन गरी कोभिड संक्रमितहरुलाई उपचार सेवा प्रदान गरिरहेकोमा हाल देशैभरी अक्सीजनको अभावले गर्दा संक्रमितहरुले अकालमा ज्यान गुमाइरहेको सन्दर्भमा भक्तपुर नगरपालिकाले कोभिड नियन्त्रण र रोकथाम गर्न तथा संक्रमितहरुको उपचारमा अक्सीजन अभाव हुन नदिन ख्वप अस्पतालमा अक्सीजन प्लान्ट जडान गर्ने कार्यमा नगर क्षेत्रभित्र कृयाशील सहकारी संस्थाहरु समेतको सहयोग आव्हान गरेकोमा कोभिड–१९ संक्रमणको रोकथाम र नियन्त्रणका लागि यस नगरपालिकामा स्थापित प्रकोप व्यवस्थापन कोषमा आजको मिति २०७८।२।९ गते सहयोग गर्नुहुने विभिन्न व्यक्ति तथा सहकारी संस्थाहरुको नाम, ठेगाना, सहयोग रकम र मिति तपसिल बमोजिम रहेको छ ।
सि.नं.            व्यक्ति वा संस्थाको नाम ठेगाना                               सहयोग रकम (रु.)
१. श्री सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्था लि., भनपा–७ –रु१०,००,०००।–
२. श्री भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., भनपा–९         –रु १०,००,०००।–
३. श्री संगम बचत तथा ऋण सहकारी संस्था लि., भनपा–५        –रु. ५,००,०००।–
४.श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि., भनपा–४        –रु. ४,००,०००।–
५.श्री जिल्ला बचत तथा ऋण सहकारी संघ, भक्तपुर                     –रु. १,००,०००।–
६. श्री घनश्याम देउजा सुनपा–१०                                                –रु १०,१०६।–
नोट ः उक्त कोषमा रकम जम्मा गर्न चाहने महानुभाव तथा संघसंस्थाहरुले भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषको नेपाल बैंक लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं. ०१९०३०००००७००२०००००३ मा जम्मा गर्नु हुन अथवा भक्तपुर नपामा उपलब्ध गराउनुहुन अनुरोध छ ।

Leave A Reply

Your email address will not be published.