Explore news and happenings at Bhaktapur

भूकम्पबाट भत्केका सम्पदा पुनःनिर्माणमा भक्तपुर नपाको उल्लेखीय काम

२०७८ वैशाख १२ गते, आइतबार

0

सांस्कृतिक नगर भक्तपुरको मौलिक सहर जोगाउन पुरानो सम्पदा क्षेत्रमा घर निर्माण गर्ने घरधनीहरुको लागि मोहडामा लाग्ने इँटा, झिंगटी र काठको लागि लाग्ने खर्चको ३५ प्रतिशत अनुदानको व्यवस्था गरेका छौं ।

उक्त विचार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भूकम्प दिवसको अवसरमा डीसी नेपाल डटकमका प्रस्तोता उपेन्द्र शाहीसँगको अन्तरसंवादमा राख्नुभएको हो ।

भूकम्प गएको ६ वर्ष बितिसक्दा पनि भूकम्पबाट भत्केका संरचनाको पुनःनिर्माणको कार्य प्रगति सन्तोषजनक नरहेको बताउनुहुँदै उहाँले पुराना वास्तुकला र सीपलाई उपेक्षा गरी नयाँ ठाउँमा निर्माण गरिएको धरहरा पुनःनिर्माण नभई नवनिर्माण भएको बताउनुभयो ।

भूकम्पले सम्पदा क्षेत्रमा पु¥याएको क्षतिलाई भक्तपुर नपाले सम्पदा पुनःनिर्माणको अवसरको रुपमा लिएको बताउनुहुँदै भक्तपुर नपाले युवाहरुलाई डकर्मी, सिकर्मीलगायत थुप्रै सीपमूलक तालिमहरु सञ्चालनमा जोड दिँदै आएको उहाँले बताउनुभयो ।

भक्तपुर नपाले निर्माण गरेका सम्पदाहरुमा कुनै पनि विदेशी संघ संस्थाहरुको सहयोग नरहेको बताउनुहुँदै उहाँले विदेशी सहयोगविना नै भक्तपुर नपाले आफ्ना सम्पदाहरुको पुनःनिर्माण मा जोड दिइरहेको बताउनुभयो ।

२०७२ सालको भूकम्पमा भक्तपुरका हजारौं निजी घर र ११५ वटा भन्दा बढी सम्पदाहरुमा पुगेको क्षति प्रष्ट पार्नुहुँदै उहाँले नपाले हालसम्ममा मन्दिर, पाटी, प्रवेशद्धार, पोखरी, इनार, सत्ताल आदि गरी १०८ वटा सम्पन्न गरिसकेको र बाँकी चालु अवस्थामा रहेको बताउनुभयो ।

भक्तपुरका सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धारमा उल्लेखनीय रुपमा स्थानीय जनताको आर्थिक, भौतिक र नैतिक सहयोग प्राप्त भएको र यहाँका सम्पदाहरु उपभोक्ता समितिमार्फत निर्माण भइरहेको र सम्पदा पुनःनिर्माणजस्तो संवेदनशील विषयको जिम्मा ठेकेदारहरुलाई दिन नहुनेमा नपाले जोड दिँदै आएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.