Explore news and happenings at Bhaktapur

सक्षम साकोसको भ्रमण टोली भक्तपुर नगरपालिकामा

२०७७ चैत्र १४ गते, शनिबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग सक्षम बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रमेशकाजी श्रेष्ठको नेतृत्वमा भक्तपुरको सहकारी तथा सांस्कृतिक अध्ययन भ्रमणको लागि आउनुभएका भ्रमण टोलीले भेट ग¥यो । भेटका क्रममा भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, विकास निर्माण, सहकारी गतिविधिलगायतका विविध विषयबारे छलफल तथा अनुभव आदानप्रदान भयो ।
भ्रमण टोलीलाई भक्तपुर नपामा स्वागत गर्नुुहुँदै नगर प्रमुख प्रजापतिले आर्थिक लेनदेन तथा कारोबार हुने ठाउँमा आर्थिक अनियमितता तथा भ्रष्टाचारको सम्भावना हुने बताउनुहुँदै आर्थिक क्षेत्रमा पारदर्शी ढंगले काम गर्नुपर्ने बताउनुभयो ।
सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न दिनुपर्नेमा जोड दिनुहुँदै भक्तपुर नपाले नगरबासी विद्यार्थीहरुको लागि शैक्षिक ऋण, सस्तोमा गुणस्तरीय शिक्षा, सरसफाई अभियान पनि अगाडि बढाइरहेको उहाँले बताउनुभयो । उहाँले मौलिकता जोगाउन नसके आफ्नो पहिचान नै गुम्ने खतरा हुने बताउनुहुँदै सहकारी संस्थाहरुले सदस्यहरुको सांस्कृतिक स्तर उकास्न र सेवाभावले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
छलफलमाथि उठेका जिज्ञासाबारे प्रष्ट पार्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुरका सहकारी संस्थाहरुले विभिन्न सीप र रोजगारीमूलक तालिम, अन्तरक्रिया, राजनीतिक विषयमा प्रशिक्षण, स्वास्थ्य शिविरलगायत सञ्चालन गरी व्यापक जनतालाई राजनैतिक रुपले पनि सचेत र संगठित गर्ने कार्यहरु गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुरको सहकारी संस्थाहरु बद्नाम हुनु भनेको सिंगो नगर र जिल्लाकै बद्नाम हुने हुँदा सहकारी संस्थाहरुले सामाजिक उत्तरदायित्व बहन गरी इमानदारीपूर्वक काम गर्न सहकारी संस्थाहरुलाई मार्गनिर्देशन गर्दै आइरहेको उहाँले बताउनुभयो ।
भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष एवम् सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले भक्तपुर नपाबाट गठित सहकारी समितिबाट भए÷गरेका गतिविधिबारे अवगत गराउनुहुँदै भक्तपुर नपाभित्र अवस्थित सहकारी संस्थाहरुको अवस्थाबारे बुझ्न नियमित अनुगमन गर्दै आइरहेको बताउनुभयो । सहकारी संस्थाहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रेरित गर्दै भक्तपुर नपाले ती सहकारीहरुको लागि अनुदानको व्यवस्था पनि गर्दै आएको बताउनुभयो ।
सक्षम साकोसका अध्यक्ष रमेशकाजी श्रेष्ठले भक्तपुरको सांस्कृतिक सम्पदा संरक्षणमा भक्तपुर नपाले महत्वपूर्ण योगदान पु¥याउँदै आएको र भक्तपुर नपाले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा गरिरहेको कामबाट आफूहरुले सिक्न चाहेको बताउनुभयो । उहाँले सक्षम साकोस अन्य क्षेत्रको भन्दा फरक ढंगले सामाजिक उत्तरदायित्व बहन गर्दै अगाडि बढिरहेको अवगत गराउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले सञ्चालन गर्नुभएको सो भेट तथा छलफलमा साकोसका प्रतिनिधिहरुले भक्तपुर नपाको गतिविधिबारे आ–आफ्नो जिज्ञासा राख्नुभएको थियो ।
भेटपश्चात सक्षम साकोसका प्रतिनिधि टोलीलाई भक्तपुरमा अवस्थित ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदाहरुको स्थलगत अवलोकन गराएको थियो । साथै उहाँहरुलाई नगर प्रमुख प्रजापतिले भक्तपुर नपाका प्रकाशनहरु पनि उपहारस्वरुप प्रदान गर्नुभयो ।
भ्रमण टोलीलाई भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष एवम् सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले खादा ओढाई स्वागत गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.