Explore news and happenings at Bhaktapur

जनता निराश भन्दा पनि राजनैतिक रुपमा सचेत र संगठित हुन जरुरी— प्रमुख प्रजापति

वीरगञ्ज । २०७७ चैत्र ९ गते, सोमबार

0

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेकपाबीचको झगडाले राजनीतिक संकट निम्त्याएको बताउनुहुँदै नेमकिपा जनताको राजनैतिक चेतनास्तर उकास्न निर्वाचनको पक्षमा रहेको बताउनुभयो ।
सोमबार साँझ वीरगञ्जस्थित रेडियो बीरगञ्जको कार्यक्रम ‘फरक कोण’ का प्रस्तोता उज्ज्वल शर्मासँगको अन्तरसंवादमा बोल्नुहुँदै निर्वाचनको समयमा व्यक्तिगत प्रलोभनमा परी बद्नाम व्यक्तिलाई निर्वाचनमा जिताउने जनता स्वयम् पनि देशमा राजनीतिक अस्थिरता निम्तिनुमा दोषी भएको बताउनुहुँदै जस्तोसुकै विषम् परिस्थितिमा पनि जनता निराश भन्दा पनि राजनैतिक रुपमा सचेत र संगठित हुन जरुरी रहेको बताउनुभयो ।
निर्वाचनको समयमा उम्मेद्वार चयन गर्दा जनताले विवेकपूर्ण निर्णय गर्नुपर्ने र व्यापक जनताको हितमा काम गर्ने राजनीतिक दललाई आफ्नो मत दिई जिताउनुपर्ने भन्दै उहाँले संसद पुँजीपति वर्गले गरेको अवैधानिक कार्यलाई वैधानिकता गर्ने थलोको रुपमा विकास हुनु देशकै निम्ति खतरा बनेको बताउनुभयो ।
प्रमुख प्रजापतिले नेमकिपा स्थापनाकालदेखि नै चुनावलाई उपयोग गर्दै कामदार जनताको पक्षमा कानुन निर्माण गर्न सडकदेखि सदनसम्म आवाज उठाउँदै आइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो — नेपालका व्यापक गरिब जनताहरु आफ्नो मौलिक तथा नैसर्गिक हक अधिकारबाट बञ्चित छन्, कृषि प्रधान देशमा किसानको हितमा कुनै काम हुन नसक्नु बिडम्बना हो ।
विश्वका विभिन्न देशहरुमा सशस्त्र संघर्षबाट स्थापित शासक सत्ताहरु सफल र दिगो बनेको उदाहरण प्रस्तुत गर्दै उहाँले अपार स्रोत र सम्भावना बोकेको देश र जनताको स्थिति दर्दनाक हुनुमा शासक दल नै जिम्मेवार भएको बताउनुभयो ।
भक्तपुरलाई शैक्षिक हबको रुपमा विकास गर्ने लक्ष्यअनुरुप भक्तपुर नगरपालिका अग्रसर रहेको बताउनुहुँदै उहाँले भक्तपुर नपाले न्युन आय भएका नागरिकलाई शिक्षाको पहुँच दिन शैक्षिक ऋण प्रदान गर्दै आइरहेको छ भन्नुभयो ।

 

Leave A Reply

Your email address will not be published.