Explore news and happenings at Bhaktapur

स्थानीय पाठ्यक्रम कक्षा ८ बारे प्रबोधिकरण

२०७७ फागुन २८ गते, शुक्रबार

0

भक्तपुर नगरपालिका स्थानीय पाठ्यक्रम ख्वपको पहिचान आधारभूत तह (कक्षा ८) बारे शिक्षकहरुलाई प्रबोधिकरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले भक्तपुरको सामाजिक, राजनैतिक, सांस्कृतिक र भौगोलिक अवस्थाबारे विद्यार्थीहरुलाई शिक्षित पार्ने उद्देश्यले भक्तपुर नपाले स्थानीय पाठ्यक्रमको अवधारणा बनाई नगरभित्रका ९२ वटै विद्यालयहरुमा पठनपाठन सुरु गरिसकेको बताउनुभयो ।

पाठ्यक्रममा समाहित विषयवस्तुहरु सम्बन्धित विषयका विज्ञ र सरोकारवालाहरुसँगको छलफलबाट तयार भएको बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपा स्थानीय पाठ्यक्रम लागू गर्ने देशकै पहिलो स्थानीय तह भएको बताउनुभयो ।
समाजका विकृति विसंगतिहरुबाट विद्यार्थीलाई सचेत बनाउन र भक्तपुरको कला र संस्कृतिको महत्वबारे नयाँ पुस्तालाई अवगत गराउने उद्देश्यले पाठ्यक्रम निर्माण भएको बताउनुहुँदै असल र सभ्य नागरिक तयार गर्ने उद्देश्य भक्तपुर नपाको रहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेँ, सदस्यहरु सिद्धिरत्न शाक्य, उद्धव सुजखू, रोशनराज तुईतुई र राजेन्द्रप्रसाद श्रेष्ठले पाठ्यक्रममा समाविष्ट विषयबारे प्रस्तुतीकरण देखाउनुभएको थियो । कार्यक्रममा भक्तपुर नपाभित्रका ६२ विद्यालयका शिक्षक प्रतिनिधिहरुको उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.