Explore news and happenings at Bhaktapur

भक्तपुरको तेस्रो जिल्ला सभा बैठक सम्पन्न

२०७७ फागुन २८ गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सांसदहरु नीति निमार्ताहरु भएको हुँदा निर्माणको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्नेमा जोड दिनुहुँदै संघ र प्रदेशले स्थानीय आवश्यकताअनुसार प्राथमिकताको आधारमा स्थानीय तहहरुमा बजेट निकासा गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समिति भक्तपुरले बोलाएको तेस्रो जिल्ला सभा बैठकमा नगर प्रमुख प्रजापतिले जिल्ला समन्वय समिति भक्तपुरको औचित्यतामाथि प्रश्न गर्नुहुँदै प्रस्तुत नीति तथा कार्यक्रम एनजीओ÷आइएनजीओहरुको प्रतिवेदन जस्तो भएको बताउनुभयो ।

उहाँले निजीकरणको पक्ष लिनेहरु समाजवादी हुन नसक्ने बताउनुहुँदै देशलाई समाजवादउन्मुख दिशामा अगाडि बढाउन जनप्रतिनिधिहरु लाग्नुपर्ने भन्नुभयो । उहाँले भक्तपुरको चारवटा नगरपालिकालाई कोषमा रहेको रकम समान रुपमा निकासा गर्नुपर्ने र सभाको नीति तथा कार्यक्रममा भक्तपुर नपाको निम्ति सञ्चित कोषबारे उल्लेख नुहुनुको कारणबारे प्रश्न गर्नुभयो ।

कार्यक्रमका सभापति जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष नवराज गेलालले जिसस बैठकबाट पारित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उक्त बैठकमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, सूर्यविनायक नपाका प्रमुख बासुदेव थापा, सूर्यविनायक नपाका उपप्रमुख बीणा बास्तोला, तेस्रो जिल्ला सभाका सदस्यहरुको उपस्थिति थियो । बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले स्वागत गर्नुभएको थियो भने जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेले जिसस भक्तपुरको योजना, बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

नीति तथा कार्यक्रम र बजेटमाथि नगर प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले असहमति प्रकट गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.