Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिद्वारा कोभिड १९ विरुद्धको खोप केन्द्र निरीक्षण

२०७७ फागुन २६ गते, बुधबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुधबार भक्तपुर नगरपालिकाभित्र कोभिड १९ विरुद्धको खोप सञ्चालन भइरहेका स्वास्थ्य केन्द्रहरुको स्थलगत निरीक्षण गर्नुभयो ।

निरीक्षणका क्रममा उहा“ले जनस्वास्थ्य सेवा केन्द्र, च्याम्हासिंह, सिद्धि स्मृति महिला तथा बाल अस्पताल, भेलुखेल, जनस्वास्थ्य सेवा केन्द्र, भगवतीस्थान, भक्तपुर अस्पताल, दुधपाटी र इवामुरा अस्पताल, सल्लाघारीमा स्थलगत निरीक्षण गर्नुभई त्यहाँको यथार्थ विवरणबारे जानकारी लिनुभयो । भक्तपुर नगरपालिकाभित्र कोभिड १९ रोगविरुद्ध पहिलो चरणको खोप लगाउने अभियान २०७७ साल फागुन २३ गते आइतबारदेखि सुरु भइरहेको छ भने ६५ वर्ष उमेरदेखिका ज्येष्ठ नागरिकहरुलाई लगाइने उक्त खोप माथि उल्लेखित स्वास्थ्य केन्द्रहरुबाट पायक पर्ने केन्द्रबाट प्रदान भइरहेको छ ।

निरीक्षणका क्रममा उहाँले केन्द्रका स्वयम्सेवक तथा स्वाथ्यकर्मीहरुसँग खोप लिएका ज्येष्ठ नागरिकहरुको स्वास्थ्यसम्बन्धी तथ्य तथ्यांक सम्बन्धी बुझ्नुभएको थियो । उहाँले कोभिड १९ विरुद्धको खोप नगरबासीहरु सबैले खोप लिई उक्त रोगबाट सुरक्षित बनाउन जिम्मेवारीपूर्वक आफ्नो कर्तव्य पालनाको लागि निर्देशन दिनुभयो ।

Leave A Reply

Your email address will not be published.