Explore news and happenings at Bhaktapur

१११ औ“ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रवचन कार्यक्रम

भक्तपुर, २४ फागुन

0

१११ औ“ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थानहरूको आयोजनामा विद्यार्थीहरूबीच ‘बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ या पर्दैन’ भन्ने विषयमा वादविवाद प्रतियोगिता, कार्यरत महिला शिक्षक÷कर्मचारीहरूबीच टेबलटेनिस, दौड, सटपुट, उडबल प्रतियोगिताका साथै प्रवचन कार्यक्रम सम्पन्न भयो ।
सोमबार ख्वप मा.वि./कलेज प्रा·णमा भएको प्रवचन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) ले अन्तर्राष्ट्रिय महिला आन्दोलन स्वयम् मजदुर आन्दोलनको एक हिस्सा भएको बताउनुभयो ।
सम्पूर्ण कामदार जनताबीच भ्रातृत्व विकास गर्नु आवश्यक भएको चर्चा गर्दै अध्यक्ष रोहितले शोषक वर्ग कामदार जनताको शत्रु हुने बताउनुभयो ।
उहा“ले भन्नुभयो, “कुनै हिंस्रक जनावरले नगर्ने अपराध मानिसले गर्दै छ । यसको दोष व्यक्ति विशेषलाई दिनुभन्दा राज्य व्यवस्थालाई दिनु आवश्यक छ । महिला हिंसा र शोषण बढ्नुमा राज्य व्यवस्था बढी जिम्मेवार छ ।”
महिला सत्तामा पुग्नु तथा उच्च पदमा पुग्नु ठूलो कुरा नभई पदमा पुग्ने व्यक्तिले कसको प्रतिनिधित्व गर्छ र कसको पक्षमा काम गर्छ त्यो महŒवपूर्ण हुने धारणा उहा“ले राख्नुभयो ।
संविधान संशोधन गरेर भए पनि मृत्युदण्डको प्रावधान राख्नुपर्ने आवश्यकता औ“ल्याउ“दै अध्यक्ष रोहितले जघन्य अपराधी, देशका गोप्य सूचनाहरू विदेशीलाई दिने र देशद्रोहीका अपराधीहरूलाई मृत्युदण्ड दिनुपर्नेमा जोड दिनुभयो ।
लागूपदार्थ दुव्र्यसनीमा फसेका व्यक्तिहरूले आफूलाई नियन्त्रण गर्न नसक्ने र त्यस्ता व्यक्तिले हत्या, बलात्कारजस्ता अपराध गर्न पछि नपर्ने हुनाले लागूपदार्थजस्ता अपराध नियन्त्रण गर्न राज्यले कडा नीति नियम बनाई कार्यान्वयनमा ल्याउनुपर्छ, उहा“ले भन्नुभयो ।
“सत्तामा पुगेका पार्टीहरूले अपराधीहरूलाई प्रश्रय दिइरहेको कारण समाजमा अपराध बढ्दो छ । अपराध मनोवृत्तिका व्यक्तिले आपराधिक घटना दोहो¥याउने हुनाले त्यस्ता जघन्य अपराध गर्ने अपराधीहरूलाई ज्यान सजाय दिनु आवश्यक छ”, अध्यक्ष रोहितले भन्नुभयो ।
हरेक कुरालाई सूक्ष्म ढ·ले अध्ययन र विश्लेषण गर्नुपर्ने आवश्यकता औ“ल्याउ“दै उहा“ले भन्नुभयो, “बेलायतको क्रान्तिलाई गौरवपूर्ण क्रान्ति भनी भ्रमपूर्ण इतिहास फैलाइएको छ । यथार्थमा पु“जीपति र सामन्त वर्ग मिलेर उक्त आन्दोलनबाट गरीब र कामदार जनतालाई दबाइएको थियो ।”
अपराध न्यूनीकरणमा शिक्षण संस्था र विश्वविद्यालयको भूमिका महŒवपूर्ण हुने धारणा अध्यक्ष रोहितले व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख एवम् ख्वप कलेजहरूका सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले सामन्तवादी र प“ुजीवादी सोच भएका व्यक्तिहरूले महिलालाई नाफाको निम्ति प्रयोग गर्दै आइरहेको बताउनुभयो ।
समाजमा वर्ग रहेसम्म महिला शोषण अन्त्य नहुने धारणा राख्दै प्रमुख प्रजापतिले समाजवादी व्यवस्था कायम नभएसम्म महिला हिंसा र शोषणको अन्त्यको सम्भावना छैन भन्नुभयो ।
उहा“ले भन्नुभयो, “प्रत्येक स्थानीय निकायले प्रत्येक वडामा शिशु स्याहार केन्द्रको व्यवस्था गरेको खण्डमा बालबालिकाको मानसिक, व्यावहारिक र शैक्षिक विकास हुने थियो भने हजारौ“ महिलाहरूले रोजगारी पाउ“थे ।”
महिलाहरू राजनीतिकरूपमा सचेत र स·ठित हुनुपर्ने आवश्यकता औ“ल्याउ“दै प्रमुख प्रजापतिले महिला मुक्ति, उत्थान र स्वतन्त्रताका कुरा बोलेरभन्दा व्यवहारले देखाउनु आवश्यक भएकोले भक्तपुर नगरपालिकाले यसको सुरुआत गरेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मार्च ८ महिलाको मात्र नभई सम्पूर्ण कामदार जनताको दिवस भएको बताउनुभयो ।
महिलालाई लि·ीय आ“खाले होइन वर्गीय आ“खाले हेर्नुपर्नेमा उहा“ले जोड दिनुभयो ।
उहा“ले भन्नुभयो, “सामन्त वर्गको अवशेष बा“की रहेको पु“जीवादी व्यवस्था कायम रहेसम्म आर्थिक समानता दि“दैमा महिला मुक्ति सम्भव छैन । कामदार वर्गको महिला आन्दोलनलाई कमजोर बनाउन विदेशी डलर खर्च गरिरहेको छ । यसमा हामी सजग हुनैपर्छ ।”
आधा संसार ढाकेका महिला जबसम्म राजनीतिक सङ्घर्षको अग्रमोर्चामा सक्रियता र सचेतताका साथ अगाडि बढ्दैन तबसम्म महिला मुक्ति र स्वतन्त्रता नारामा मात्र सीमित हुने सभासद् सैंजूले बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले १११ औ“ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरह“दा अधिकांश श्रमिक नेपाली महिलाहरू शिक्षाबाट वञ्चित हुनुपरेको बताउनुभयो ।
भनपाले शिक्षालाई विशेष जोड दि“दै आएको चर्चा गर्दै उपप्रमुख जोशीले ‘थिड्ढ ग्लोबली–एक्ट लोकली’ भन्ने तथ्यलाई साकार पार्न भनपा अग्रसर छ भन्नुभयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख तारादेवी थापाले केही अपराधीहरूको चरित्र र क्रियाकलापका कारण मानिस सर्वश्रेष्ठ प्राणी भन्ने भनाइलाई अप्ठेरोमा पारिरहेको छ भन्नुभयो ।
विश्वको निरक्षर र अशिक्षित जनसङ्ख्यामध्ये दुईतिहाइ महिला रहेको संरा सङ्घको तथ्याड्ढ रहेको र महिला हिंसाका घटनामध्ये ५५ प्रतिशत बढी घर–परिवार, आफन्त र संरक्षणकर्ताबाट हुने गरेको उहा“ले बताउनुभयो ।
उहा“ले भन्नुभयो, “प्रहरी र समुदायबीच सहकार्य आवश्यक छ । प्रहरी र समुदायको सहकार्यविना अपराधी पत्ता लगाउन कठिन हुनेछ ।”
कार्यक्रममा वादविवाद प्रतियोगिताको नतिजा कानुन अध्ययन समाज नेपालका अध्यक्ष एवम् अधिवक्ता रामप्रसाद प्रजापतिले सुनाउनुभएको थियो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य रूपक जोशी, ख्वप कलेज अफ इन्जिनियरि·का उपप्राचार्य रत्नशोभा प्रजापति, शिक्षिका सुषमा सापकोटा र मीना महतले पनि बोल्नुभएको थियो ।
कार्यक्रमको बीचमा शिक्षक तथा कर्मचारीहरूबाट कविता वाचन गरिएको उक्त कार्यक्रममा श्रमिक महिला दिवसको अवसरमा भएको विविध प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.