Explore news and happenings at Bhaktapur

कोभिड १९ बाट डटेर समना गर्नु पर्ने ः उपप्रमुख रजनी जोशी

0

३२ औं विश्व टुर गाईड दिवस २०२१ को अवसरमा भक्तपुर स्थानीय पथ प्रदर्शक परिचालन समितिको आयोजनामा एक प्रवचन कार्यक्रम सम्पन्न भयो ।


कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले हाल विश्व कोभिड १९ को संक्रमणको कारणबाट निकै सकस भएता पनि विचलित नभई यसलाई डटेर सामना गर्नुपर्ने र यसबाट सिक्ने अवसरको रुपमा लिनु पर्ने कुरा व्यक्त गर्नु भयो ।
कोभिड १९ को संक्रमणले पर्यटन क्षेत्रमा पर्न गएको असरबाट निराश नभई यसबाट अव भक्तपुरको सम्पदा संरक्षण तथा पर्यटन विकासको लागि थप काम गर्न सहयोग हुने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले भक्तपुर नगरपालिकामा नेमकिपाको घोषणा पत्र अनुसार काम गरेकोले संपदा संरक्षण तथा शैक्षिक क्षेत्रमा भक्तपुरले सफलता प्राप्त गरेको बताउनु भयो भक्तपुर नगरपालिकाले हाल सम्म शशर्त प्रदान गरेको विदेशी सहयोग नलिई यहाँकै नगरबासीहरुबाट प्राप्त सहयोगबाट यहाँको कला संस्कृति र सम्पदा संरक्षण गरिरहेकोले आगामी दिनहरुमा पनि यसरी नै सहयोग प्राप्त हुने आशा व्यक्त गर्नुभयो ।
उहाँले भक्तपुर नगर शिक्षा क्षेत्रमा धेरै अगाडी रहेकै कारण गुणस्तरीय शिक्षाको लागि पनि विभिन्न जिल्लाबाट अध्ययनको लागि आइरहेको कुरा पनि बताउनु भयो । कोभिड १९ रोकथाम तथा उपचारमा भएको सबैको सहयोगको कारण महामारीको रुपमा फैलिन नपाएको र यहाँको काम अन्य स्थानीय निकायबाट समेत अनुकरणको लागि भ्रमणहरु भईरहेको एवम भनपाले कोरनाको रोकथाम तथा उपचारमा गरेको कामको सबै क्षेत्रमा प्रशंसा भईरहेको जानकारी दिनु भयो ।
भक्तपुर स्थानीय पथ प्रदर्शक परिचालन समितिका संयोजक गौतम प्रसाद लासिवाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विश्व कोभिड नियन्त्रणमा समाजवादी देशहरुले ठूलो सफलता प्राप्त गरिरहेको चर्चा गर्नु भयो भने पूँजीवादी शासन व्यवस्थाले गर्दा नै सबै नागरिकहरुले हाल दुःख भोग्न बाध्य भईरहेको कुरा व्यक्त गर्नुभयो । कार्यक्रममा कोभिड १९ को कारण नेपालमा पर्न गएको असरबारे जानकारी दिनुभएको थियो भने कोभिड १९ बाट जोगिन र जोगाउन पनि सबैलाई अनुरोध गर्नु भयो । अब भक्तपुर कोभिड १९ बाट सुरक्षित छ र बाह्य तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सबै मिलि हातमालो गरी अगाडी बढ्नु पर्ने कुरा पनि जोड दिनु भयो । उहाँले भक्तपुरमा पनि कोभिड १९ को खोप शुरु भईसकेको र निकट भविष्यमा यो खोप सबै पथप्रदर्शकहरुलाई पनि प्रदान गर्न आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा भक्तपुर पर्यटन विकास समिति
का अध्यक्ष राम सुन्दर भेलेले भक्तपुर नगरको पर्यटन विकासको लागि यहाँको कला संस्कृति र सम्पदाहरुकोबारेमा पथ प्रदर्शकहरुबाट सही सूचना प्रदान गरी सहयोग गरिरहेको र भविष्यमा पनि यस क्षेत्रमा काम गर्ने सबै कोभिड १९ बाट बचेर काम गर्न जोड दिनु भयो भने सबैलाई विश्व टुर गाईड दिवस २०२१ सफलताको शुभकामना पनि व्यक्त गर्नु भयो । उक्त कार्यक्रममा भक्तपुर पर्यटन विकास समितिका महासचिव एवम भक्तपुर स्थानीय पथ प्रदर्शक परिचालन समितिका सदस्य दिपेश राज शर्माले पनि बोल्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.