Explore news and happenings at Bhaktapur

१४ औं जनसाहित्य सम्मेलन सम्पन्न

काठमाण्डौ, ७ फागुन ।

0

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा ‘आदर्श समाज निर्माणका लागि जनसाहित्य’ नाराका साथ १४ औं जनसाहित्य सम्मेलन २०७७ शुक्रबार सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै केन्द्रीय सदस्य प्रजापतिले जनताको पक्षमा लेखिने साहित्य जनपक्षीय साहित्य हुने बताउँदै जनताले बुझ्ने सरल भाषामा साहित्य लेख्नु आवश्यक भएको औंल्याउनुभयो ।
प्रजापतिले शोषण, अन्याय, अत्याचारको विरोध र स्वाधिनता, सार्वभौमिकताको पक्षमा लेखिएका साहित्यले समाजको निम्ति प्रभावकारी साहित्य हुने बताउनुहुँदै जनपक्षीय साहित्यले समाज र जनताको राजनैतिक चेतना उठाउने प्रष्ट पार्नुभयो ।
उहाँले चुनावले जनताको राजनैतिक चेतनास्तर उठाउने भएकोले न्यायप्रेमी जनताले निर्वाचनको उपयोग गर्नुपर्ने बताउँदै देशघाती सन्धी सम्झौता पारित गर्ने नेकपाको विरोध नेमकिपाले निरन्तर गर्दै आएको बताउनुभयो ।
कामदार वर्ग राजनीतिक रुपमा सचेत नभएसम्म पुँजीवादी शासन व्यवस्था परिवर्तन गर्न गाह्रो हुन्छ, त्यसैले व्यापक जनतालाई राजनीतिक रुपमा सचेत बनाउन साहित्य लेखनलाई निरन्तरता दिनुपर्दछ, उहाँले बताउनुभयो ।
नेता प्रजापतिले नेमकिपाले भारतीय जनताको नभई भारतीय विस्तारवादको विरोध गरेको प्रष्ट्याउँदै कृषिमा विदेशी लगानी भित्र्याउने सरकारको निर्णय जनताको हितमा नभएको बताउनुभयो ।
नेमकिपा काठमाण्डौ जिल्ला अध्यक्ष नारायण महर्जनले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतका साहित्यकारबाट प्रेरणा लिँदै प्रगतिशील साहित्यकारको जन्म गर्ने, कामदार जनताको पक्षमा साहित्य सिर्जना गर्नु जनसाहित्य समाजको उद्देश्य रहेको बताउनुभयो ।
उहाँले नेकपा सरकारले देश र जनताको हितमा काम गर्न नसकेको, व्यक्तिगत र पदको स्वार्थको आडमा राजनीति गरिरहेको बताउनुहुँदै संसद पुनःस्थापनाले देश अस्थिरतातर्फ धकेलिने प्रष्टमा जोड दिनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् बागमति प्रदेश सदस्य सृजना सैजुले आदर्श समाजको पक्षमा साहित्यको खाँचो औल्याउँदै अन्धविश्वासमाथि विज्ञानले जितेको समाज निर्माण गर्नुपर्ने बताउनुभयो ।
उहाँले भीडको राजनीतिले देशलाई अन्यौलमा पु¥याउने बताउँदै विचार र सिद्धान्त विनाको राजनीतिक पार्टीले देशको भलो नगर्ने औंल्याउनुभयो ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई बदनाम गर्ने पार्टीहरुको विरुद्ध साहित्य लेख्न जरुरी भएको बताउँदै नयाँ पुस्ताका साहित्यकारहरुलाई प्रगतिशील साहित्य लेखनमा जोड दिनुपर्दछ, उहाँले बताउनुभयो ।
कार्यक्रममा नेमकिपा केन्द्रीय सदस्य राजवीर डंगोलले पुँजीवादी गणतन्त्रले शोषणको अन्त्य नगर्ने बताउँदै समाजवादी व्यवस्था स्थापनाको निम्ति नेमकिपा प्रयासरत रहेको बताउनुभयो ।
कार्यक्रममा गणेश इ∙लिश स्कूलका शैलेन्द्र डंगोल, जनसाहित्य समाजका भूतपूर्व अध्यक्ष शैलेन्द्र डंगोल, समाजका प्रभात सापकोटाले शुभकामना मन्तव्य दिनुभएको थियो ।
आयोजक समितिका काशिलाल डंगोलको सभापतित्वमा भएको उक्त कार्यक्रमा समाजका सदस्य रमेश डंगोलले स्वागत गर्नुभएको थियो । कार्यक्रममा आशीष डंगोल, विष्णुमाया डंगोल, पार्वती डंगोल, शंखमाया महर्जन, ध्रव खनाल, समीक्षा डंगोल, रेनिसा नापित, सुरेन्द्र महर्जन, लक्ष्मी श्रेष्ठ, श्रमन डंगोल, न्हुछेमाया डंगोल, विशोक डंगोल, मदन श्रेष्ठलगायतले पनि बोल्नुभएको थियो । साथै कार्यक्रममा नेक्रामहिला संघ र टोखा मुध्वाकाको तर्फबाट गीत प्रस्तुत भएको थियो ।

Leave A Reply

Your email address will not be published.