Explore news and happenings at Bhaktapur

“साविक मापदण्ड अनुसार निर्माण भएका घर/भवनको नक्सा पास र सूचिकरण सम्बन्धी कार्यविधि–२०७७” र ‘कर सम्बन्धी प्रस्ताव’पारित

२०७७ फागुन १ गते, शनिबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरपालिकाको आठौं नगरसभाको शनिबार बसेको बैठकले “साविक मापदण्ड अनुसार निर्माण भएका घर/भवनको नक्सा पास र सूचिकरण सम्बन्धी कार्यविधि–२०७७” र ‘कर सम्बन्धी प्रस्ताव’ सर्वसम्मतिले पारित ग¥यो ।

बैठकमा बोल्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले प्रजातान्त्रिक अभ्यासमार्फत नगरसभा सञ्चालन गरिरहेको र सभामार्फत संविधानले दिएको अधिकारलाई व्यवस्थित तरिकाले उपयोग गर्न प्रयासरत रहेको बताउनुभयो ।

भक्तपुर नपाले सञ्चालन गरिरहेको विभिन्न सीपमूलक तालिमले नगरबासीहरूको व्यक्तित्व विकास, कार्य क्षमताको विकास गर्दै जनतालाई सँधै प्रेरित गरिरहेको बताउनुभयो ।

प्रमुख प्रजापतिले देको मिवा इतापाके जग्गा एकीकरण आयोजनामा परेका उजुरीमाथि अध्ययन गरी जग्गाधनीहरूसँग छलफल अगाडि बढाउन कार्यदल गठन गरिसकेको बताउनुहुँदै आयोजनाले नगरबासीहरूको योगदानअनुसार नगरबासीहरूलाई सुविधा दिने प्रयास भइरहेको बताउनुभयो ।
आज पारित उक्त कार्यविधिको उद्देश्य भक्तपुर नगरपालिका क्षेत्रभित्र स्थानीय सरकार सञ्चालन ऐन २०७४ लागू हुनुभन्दा अगाडि नक्सा पास नगरी साविक मापदण्डअनुरुप भएको र मापदण्डअनुरुप नभएका वा पास भएको नक्सा भन्दा हेरफेर गरी साविक मापदण्डअनुसार घर तथा भवन आदि निर्माण गरेको र मापदण्डअनुसार नभएका घरहरूको नियमित एवम् नक्सा पास र सूचीकृत गर्ने रहेको छ ।
“साविक मापदण्ड अनुसार निर्माण भएका घर÷भवनको नक्सा पास र सूचिकरण सम्बन्धी कार्यविधि–२०७७” बारे छलफल सभासद्हरू सूर्यप्रसाद श्रेष्ठ, बलराम न्हिसुतु, शिवप्रसाद बाला, राजेन्द्र माक, श्यामसुन्दर मातां र गोविन्द दुवालले सुझाव राख्नुभएको थियो ।
छलफलमा उठेका विषयहरूमा विधायन समितिका संयोजक हरिराम सुवालले जवाफ दिनुहुँदै विधेयकमा भएका हिज्जे त्रुटीहरू संशोधन गर्दै विधेयकलाई सफल कार्यान्वयन गर्नेतर्फ क्रियाशील रहने बताउनुभयो ।
नगरसभाको विशेष समयमा सभासद्हरू सूर्यप्रसाद श्रेष्ठ, ज्ञानकुमार मगजु, बलराम न्हिसुतु, शिवप्रसाद बाला, राजेन्द्र माक, श्यामसुन्दर माक, मंगललक्ष्मी शाही, जितेन्द्र मुनंकर्मी, सिद्धिराम अवाल र गोविन्द दुवालले देशको समसामयिक राजनीति, नगरबासीहरूको समस्या र नगरपालिकाले जनताको पक्षमा गर्नुपर्ने कार्यहरूलगायतका विषयमा आ–आफ्नो विचार राख्नुभयो ।
उहाँहरूले नेपालमा भारतीय अतिक्रमण दिनानुदिन बढिरहेको हुँदा नगरसभाबाट भारतीय विस्तारवाद विरुद्ध विरोध प्रस्ताव पेश गरी पारित गर्नुपर्ने आवश्यकता औंल्याउनुहुँदै भक्तपुर नगरपालिकाले नगरबासीहरूलाई लक्षित गरी दिइरहेको सीपमूलक तालिम र खेलकुद प्रशिक्षणहरूको सदुपयोगबारे अनुगमन गर्नुपर्ने, नगरमा दिगो र स्तरीय सडक बत्ती व्यवस्थापन गर्नुपर्ने, घरबाटो सिफारिस दस्तुमा परिमार्जन गर्नुपर्ने, पर्ति जग्गा मिचेर घर बनाउनेहरूको नक्सा पास रोक्नुपर्ने, नपाको पहलमा चिस्यान केन्द्र बनाउनुपर्ने, नपाले सञ्चालन गर्ने आदर निकेतन यशाशक्य छिटो बनाउनुपर्ने, तलेजभित्रको चोकमा अवस्थित पौभा चित्र संरक्षण गर्नुपर्ने, तारा माविमा भवन अभावका कारण दैनिक पठनपाठनमा समस्या भइरहेकोतर्फ नपाको ध्यानाकर्षण गराउनुभयो ।
सभामा उठेका सुझाव तथा जिज्ञासामाथि विभिन्न समितिका संयोजकहरूले प्रष्ट पार्नुहुँदै नगर र नगरबासीहरूको हितमा नपाद्वारा गठित समितिहरू क्रियाशील रहेको बताउनुभयो ।
नगरसभाको अर्को बैठक २०७७ फागुन ३ गते १ बस्ने गरी स्थगित भयो ।

Leave A Reply

Your email address will not be published.