Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाको लेखा समितिको प्रतिवेदन पारित

भक्तपुर, २०७७ माघ २२ गते, विहिबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको भक्तपुर नगरपालिकाको आठौ नगरसभाले “भक्तपुर नगरपालिकाको लेखा समितिको प्रतिवेदन २०७७” सर्वसम्मतिले पारित गर्‍यो ।

प्रमुख प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले आर्थिक पारदर्शितालाई विशेष ध्यान दिई कार्य गरिरहेको तथा जनप्रतिनिधिहरुलाई आर्थिक अनुशासन कायम गर्न सहयोग पुर्‍याउने बताउनुहुँदै महालेखाले औंल्याएका कतिपय कुराहरु नीतिगत रुपमा मिलाउन सकिने बताउनुभयो ।
उहाँले स्थानीय तहहरुका जनप्रतिनिधिहरु बदनाम भैरहेको तर्फ ध्यानाकर्षण गर्नुहुँदै भक्तपुर नगरपालिकाले गरिरहेको कार्यहरु स्थानीय तहका जनप्रतिनिधिहरुले नियालीरहेको हुँदा आर्थिक अनुशासनमा जोड दिनुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाको आ.व. २०७५।७६, २०७४।७५ र २०७३।७४ को महालेखा परीक्षकको कार्यालयबाट लेखा परीक्षण भई भक्तपुर नगरपालिकालाई प्राप्त अन्तिम लेखा परीक्षण प्रतिेवेदनमा औंल्याइएका नियमित गर्नुपर्ने, असुल उपर गर्नुपर्ने र प्रमाण पेश गर्नुपर्ने बेरुजुहरुको सम्बन्धमा नगरपालिकाको नगर सभाबाट गठित लेखा समितिको बैठकहरुमा अध्ययन तथा छलफल भै बेरुजु फछ्यौैटका लागि पेश भएको प्रतिवेदन नगरसभामा पेश भएको हो ।

लेखा समितिको प्रतिवेदनबारे छलफलमा सभासद् शिवप्रसाद बालाले आफ्नो धारणा राख्नुभएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि लेखा समितिका संयोजक हरिप्रसाद बासुकलाले प्रष्ट पार्नुहुँदै महालेखाले औंल्याएका प्रायजसो समाधान भइसकेको र केहि कुराहरु नीतिगत अस्पष्टता रहेकोले स्पष्ट पारी महालेखा परीक्षकको कार्यालयमा लेखी पठाउने प्रष्ट पार्नुभयो ।

नगरसभाको अर्को बैठक माघ २६ गते सोमबार दिनको १ः०० बजे बस्ने गरी स्थगित भयो ।

Leave A Reply

Your email address will not be published.