Explore news and happenings at Bhaktapur

श्रमिक जनताको अखबारको लागि शोषक वर्गले विज्ञापन दिँदैन

भक्तपुर । २०७७ माघ १७ गते, शनिबार

0

विस्तारवाद र साम्राज्यवादको विरूद्ध निरन्तर आवाज उठाउने नेपालमा कुनै पत्रिका छन् भने ‘श्रमिक’ र ‘मजदुर’ नै हुन् । विज्ञान र प्रविधिले ‘श्रमिक’ र ‘मजदुर’लाई नेपालमा मात्र होइन विश्वको कुनै पनि ठाउ“मा बसेर अध्ययन गर्न सक्ने बनाएको छ । आज ‘श्रमिक’ र ‘मजदुर’ विस्तारवाद र साम्राज्यवादविरोधी झन्डाकै रूपमा पहिचान बनेको छ ।

प्रतिगमनविरोधी आन्दोलनको बेला ‘श्रमिक’ र ‘मजदुर’ ले प्रतिक्रियावादीहरूविरूद्धको पर्चा र आन्दोलनलाई अगाडि बढाउने रा“कोको काम गरे । सात दलका नेताहरूले अत्यन्त चाख लिएर अध्ययन गर्ने पत्रिकाहरु हुन् – ‘श्रमिक’ र ‘मजदुर’ । अहिलेको शान्तिपूर्ण अवस्थामा प्रतिक्रियावादीहरूका कुकृत्य जनतामाझ प्रस्ट पार्ने काम यी पत्रिकाले गर्दै छन् ।

समाज वर्गीय भएजस्तै पत्रिका पनि वर्गीय हुनेगर्छ । पु“जीपति वर्गको सेवामा ठूला आकारका थुप्रै पत्रिकाहरू प्रकाशित हुन्छन् । ती पत्रिकाहरूले कामदार वर्गको पक्षमा एक शब्द बोल्दैनन् । बरू मजदुर आन्दोलनलाई दबाउन हरतरह कोसिस गर्छन् ।

पु“जीवादी व्यवस्थामा ठूला आकारका पत्रिका र रेडियो, टीभीजस्ता सञ्चार माध्यमहरू अर्बपति र खर्बपतिहरूको लगानीमा सञ्चालन भइरहेका हुन्छन् । तिनीहरू प्रेस र स्वतन्त्रताको चर्को वकालत गर्छन् र पु“जीपति वर्गको पक्षमा प्रचार–प्रसार गर्छन् । कामदार वर्गको पक्षमा भएको आन्दोलनलाई दबाउने सरकारको नीतिलाई न्यायपूर्ण ठह¥याउन कोसिस गर्छन् । त्यसैले पत्रिका वर्ग दुश्मनलाई घाइते बनाउने आक्रामक हतियार हो, र एक प्रकारको सेना हो ।

संविधानसभामा ३ प्रतिशत मतसीमा (थ्रेस होल्ड) को कुरा उठ्दा नेमकिपाले त्यसको निरन्तर विरोध ग¥यो तर ठूला पत्रिका, राज्य सञ्चालित सबैखाले सञ्चारमाध्यमको प्रयोग गरी मतसीमबारे जनतामा भ्रम सृजना गरियो । कम सङ्ख्या भएका दलहरूकै कारण पटक–पटक सरकार परिवर्तन भएको, त्यसको तमाम दोष ‘साना’ पार्टीहरूलाई लगाइयो र मतसीमा अत्यधिक बहुमतले पारित गरियो । अस्थिरताका कारण तीनै पु“जीवादी दलहरू हुन् भन्ने आज सावित भएको छ । तर संविधानको त्यो प्रावधान खारेज गर्न निकै लामो समय लाग्ने छ ।

नेपाल मजदुर किसान पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउन ३ प्रतिशत मतसीमा होइन आफ्नो ‘मुखपत्र’ प्रकाशित गर्नुपर्ने आवाज उठायो । तर हाम्रो आवाज तिनीहरूलाई दबाउन सक्ने खालको शक्तिशाली हुन सकेन । अहिले राष्ट्रिय पार्टी भनिएकाहरूको आप्mनो आधिकारिक मुखपत्रसमेत छैन ।
नेमकिपाका सबै गतिविधिहरू ‘श्रमिक’ र ‘मजदुर’ मा प्रकाशित भइरहेको देखेका संसद्का एक अधिकृतले सोधेका थिए, ‘तपाईंहरूले संसदमा बोलेका हरेक कुराको पार्टी कार्यालयमा रेकर्ड राख्ने गरेको छ भन्छन्, के सबै सा“चो हो ।’ हामी संसद्मा पार्टी नीतिअनुसार बोल्छौ र छलफल गरेर बोल्ने हु“दा पार्टीलाई सबै कुरा थाहा हुन्छ । हाम्रो कुरा सुनेर उनले भनेका थिए – ‘वास्तवमा पार्टी यस्तै हुनुपर्छ ।’ यसको अर्थ त्यहा“ भइरहेका गतिविधिहरू सांसदहरूको प्रस्तुति उनलाई चित्त बुझेको थिएन ।

प“ुजीपति वर्गले आफ्ना उत्पादन बिकाउन विज्ञापनको लागि करोडौ“ खर्च गर्नुपर्ने हुन्छ । ती सबै आफ्नै पत्रिकामा दिने गर्छन् र कमसल सामान पनि जनताबीच राम्रो भएको भ्रम सृजना गरी व्यापार बढाउ“छन् । उनीहरू आफ्नो एउटा गोजीको पैसा अर्कोमा राख्छन् र नाफा पनि अकुत कमाउ“छन् । पत्रिका सेवा व्यवसाय भए पनि ठूला प्रकाशन गृहहरू ठूलो उद्योगको रूपमा अगाडि बढ्दै छन् । देशका नाम चलेका सञ्चार गृहहरूले महिनाको करोडौ“ रुपैंया नाफा कमाइरहेका छन् ।

कामदार वर्गका पत्रिकाका लागि पु“जीपति वर्गले विज्ञापन दि“दैन । विज्ञापनविना पत्रिका सञ्चालन सम्भव छैन । ‘श्रमिक’ र ‘मजदुर’ प्रकाशनबारे विभिन्न पार्टीका नेताहरूले सोध्ने गर्नुहुन्छ । हामीले निरन्तर प्रकाशित भएको कुरा सुनाउ“दा उहाँहरु खुसी हुन्छन् । यसको अर्थ हो आर्थिक पत्रिका सञ्चालनको महŒवपूर्ण पक्ष हुनेगर्छ । उहा“हरू आफूहरूले निरन्तरता दिन नसकेको स्वीकार गर्नुहुन्छ ।

पत्रिकाको निरन्तरता आफैमा चुनौतीपूर्ण काम हो । लेख लेख्नु, समयमा प्रकाशन गर्नु, समयमै ग्राहकहरूको हात–हातमा पु¥याउनु, आर्थिक व्यवस्था निकै नै चुनौतीपूर्ण कार्य हो । यस्ता सबै समस्याहरुसँग सामना गर्दै श्रमिक र मजदुर आजको स्थितिसम्म आइपुग्नु खुशीको कुरा हो ।

प्रतिगमनको बेला केही अंक रोकिएको बाहेक कहिल्यै बन्द भएको छैन । यस अर्थमा श्रमिक र मजदुर प्रकाशन मण्डल धन्यवादका पात्र हुनुहुन्छ ।
जतिसुकै दुःख गरेर प्रकाशन गरे पनि अझै ब्यापक जनताको बीचमा पुर्याउन थप प्रयास गर्न जरुरी छ । कुनै बेला ग्राहक संख्या बढाउन निश्चित परिमाणमा ऋतुकालीन चन्दा र आर्थिक सहयोग गर्नेहरुलाई ६ महिना वा १ वर्षको ग्राहक बनाउने व्यवस्था पनि थियो । अहिले नयाँ नयाँ ग्राहक योजना बनाउनुपर्ने बारे सम्बन्धित साथीहरुले ध्यान दिने आशा गर्छु ।

जहाँ राजनैतिक कार्यकर्ता पुग्न सकेका छैनन्, त्यहाँ श्रमिक र मजदुरले नेमकिपाको विचार पुर्याइरहेका छन् । ती नै पत्रिका अध्ययन गरेर वामपन्थी विचारमा झुकाव राख्ने गरेका धेरै साथीहरु छन् । यस अर्थमा “श्रमिक” र “मजदुर” सामान्य पत्रिका मात्रै नभएर नेमकिपाको विचार र जनताबीच पु¥याउने कार्यकर्ता पनि हो । यसलाई जोगाउन हामीले हर तरहले कोसिस गर्नुपर्छ ।

“श्रमिक” र “मजदुर” नेमकिपाको विचार प्रचारप्रसार गर्ने एक सशक्त माध्यम भएको हुँदा यसको संरक्षण गर्नु, प्रचार प्रसार गर्नु तथा लेख, समाचारहरु लेखेर सहयोग गर्नु नेमकिपाका हरेक कार्यकर्ताको कर्तव्य हो ।

आज संसद विघटन असंवैधानिक भन्दै प्रतिक्रियावादीहरु एकतर्फी प्रचारप्रसार गर्दैछन् । न्यायालयलाई समेत प्रभावित पार्न विभिन्न व्यक्तित्वहरु, पूर्व न्यायाधीशहरु पनि लाग्दैछन् । यसरी संचारहरु प्रतिक्रियावादीहरुको स्वार्थमा प्रयोग हुने हुँदा ती सञ्चारमाध्यमहरु प्रतिक्रियावादीहरुको सत्ता जोगाउने र स्वार्थ पूर्ति गर्ने हतियारहरु हुन् ।

अन्त्यमा, श्रमिक र मजदुर कामदार वर्गको बौद्धिक खुराक तथा प्रतिक्रियावादीहरु विरुद्धको हतियार भएको हुँदा यसको निरन्तर प्रकाशनको लागि शुभकामना दिन्छु । धन्यवाद ।

(श्रमिक साप्ताहिकको २८ औ“ र मजदुर दैनिको २३ औं र अनलाइन मदजुरको पाँचौं वार्षिकोत्सव कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको मन्तव्य)

Leave A Reply

Your email address will not be published.