Explore news and happenings at Bhaktapur

बाँकेमा नेमकिपाको ४७ औं स्थापना दिवस तथा नेमकिपा बाँकेको प्रथम जिल्ला परिषद् सम्पन्न

बाँके, १० माघ २०७७

0

नेपाल मजदुर किसान पार्टी बाँके जिल्ला समितिको आयोजनामा नेमकिपाको ४७ औं स्थापना दिवस तथा नेमकिपा बाँकेको प्रथम जिल्ला परिषद् नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

जिल्ला परिषद्को उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि प्रजापतिले जिल्ला परिषद्को सफलताको कामना गर्दै नेमकिपाको विधान अनुसार कार्यकर्ताहरु परिचालित हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेमकिपाको उद्देश्य नेपालमा कम्युनिष्ट शासन व्यवस्था स्थापित गर्ने रहेको बताउनुहुँदै नेकपा विभाजनमा जनताको हितभन्दा समाजलाई अहित हुने र व्यक्तिगत फाइदाका कारण निम्तिएको समस्या हो भन्नुभयो ।

नेमकिपाले समाजवादी व्यवस्था स्थापना गर्न कानुनी र गैरकानुनी बाटो अपनाई अगाडि बढिरहेको जानकारी दिनुहुँदै उहाँले मोहियानी हकको निम्ति कानुनी व्यवस्था अनुसार लडेर अगाडि बढिरहेको बताउनुभयो ।

प्रमुख अतिथि प्रजापतिले नेमकिपाका प्रतिनिधिले संसदमा प्रखर प्रतिपक्षको भूमिका खेलिरहेको बताउनुहुँदै उहाँले प्रतिक्रियावादीहरुलाई परास्त गर्न र जनताको राजनीतिक चेतनास्तर उठाउन निर्वाचनमा भाग लिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

संसदबाट समाजवाद आउँछ भन्ने नेकपाको नीतिबारे खण्डन गर्नुहुँदै उहाँले नेकपा र काँगे्रसबीच कुनै भिन्नता नभएको प्रष्ट पार्नुभयो । कृषिप्रधान देशमा कृषकहरुलाई कृषिमा विदेशी लगानी भित्र्याउने सरकारको नीतिको विरोध गर्नुहुँदै उहाँले ठूला माछाले साना माछालाई खाए जस्तै ठूला व्यापारीले नेपालको कृषि क्षेत्र नै ध्वस्त बनाउन सक्ने तर्पm सचेत हुनुपर्ने र गलत सिद्धान्तले पार्टिको अस्तित्व नै समाप्न पार्न सक्ने बताउनुभयो ।
नेपालको स्वतन्त्रता, सार्वभौमिकता र स्वाधीनतामा असर पार्ने काम भारले गरिरहेको हुँदा नेमकिपाले त्यसको विरुद्ध संघर्षलाई निरन्तर जारी रहेको बताउनुहुँदै सबै देशको सार्वभौमिकता समान हुन्छ भन्नुभयो ।

भारतले नेपाललाई सके सिक्किम बनाउने नसके भुटानको अवस्थामा पु¥याउने प्रयासमा रहेको बताउनुहुँदै उहाँले १९५० को सन्धीलाई आफ्नो हितमा भारतले  कार्यान्वयन गरिरहेको बताउनुभयो ।

कार्यक्रमका अतिथि नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले संसद विघटनबारे विभिन्न राजनीतिक दलहरुको धारणा फरक फरक भएको बताउनुहुँदै नेमकिपाले यसमा औचित्यता देखिको र यो स्वभाविक प्रकृया हो भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी दलाल पुँजीपति वर्गको हितमा काम गर्ने पार्टी भएको र नेकपाका कार्यकर्ता विदेशी संघसंस्था, एनजीओ/आइएनजीओमा एजेन्टको रुपमा कमिशन र फाइदा उठाइरहेको उहाँले बताउनुभयो ।

नेमकिपाका बैकल्पिक केन्द्रीय सदस्य चवालले पार्टी प्रकाशनहरु नियमित अध्ययन गरी आप्mनो सैद्धान्तिक स्तर उकास्न प्रेरित गर्नुहुँदै नेमकिपाको दृष्टिकोण बुझ्न पनि यसको अध्ययन, छलफल, अन्तरक्रिया आयोजना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका अतिथि नेपाल क्रान्तिकारी महिला संघका केन्द्रीय सदस्य रोशनमैंया सुवालले पार्टीको गतिविधि र इतिहासबाट सिक्नुपर्ने बताउनुहुँदै नेमकिपाले किसानहरुको मोहियानी हक सुनिश्चित गराउनुका साथै बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन गरी व्यापक जनताको हितमा निरन्तर संघर्षरत रहेको बताउनुभयो ।

उहाँले महिलाहरुको राजनैतिक सचेतना अभिवृद्धि गर्दै पार्टीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेमकिपाको भूमिका उल्लेखनीय रहेको बताउनुभयो ।

नेमकिपा बाँके जिल्ला समिति अध्यक्ष बखत थापाले पार्टीको अनुशासनमा रही समाजवादी प्रचार अभियानमा सक्रिय भएर जाग्न कार्यकर्तालाई मार्गनिर्देश गर्नुभयो ।

नेमकिपा बाँके जिल्ला समितिका उपाध्यक्ष गौरीकान्त आचार्यले देशभरी नेमकिपाको ४७ औं स्थापना दिवस भव्य रुपमा मनाइरहेको जानकारी दिनुभयो भने सचिव प्रकाश शाहीले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.