Explore news and happenings at Bhaktapur

संसदबाट समाजवाद आउँछ भन्नु संसोधनवादी सिद्धान्त हो : नेता सुनिल प्रजापति

कोहलपुर । २०७७ माघ १० गते, शनिबार

0

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संसदबाट समाजवाद आउँछ भन्नु संसोधनवादी सिद्धान्त भएको बताउनुहुँदै नेमकिपाले स्थापनाकालदेखि नैतिकता र सिद्धान्तको राजनीति गरिरहेको बताउनुभयो ।

एनटीभी कोहलपुरको “टि टक” कार्यक्रमका पत्रकार दिप्टी भट्टसँग माघ १० गते भएको कुराकानीमा प्रमुख प्रजापतिले नेपालको कानुन निर्माणका क्रममा आप्mनो अनुभव सुनाउनुहुँदै सक्षम र योग्य व्यक्तिलाई देशको नेतृत्व तहमा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले निजीकरणको पक्ष लिनेहरु कम्युनिष्ट हुन नसक्ने र संसद पुनःस्र्थापनाभन्दा निर्वाचन लोकतान्त्रिक विधि भएको बताउनुहुँदै नेमकिपा निर्वाचनको पक्षमा रहेको प्रष्ट पार्नुभयो ।

राजनीतिक पार्टी, दर्शन र सिद्धान्तको आधारमा स्थापना र संचालन हुनुपर्नेमा जोड दिनुहुँदै निर्वाचन धाँधलीरहित निष्पक्ष ढंगले हुनुपर्ने उहाँले बताउनुभयो ।

राजनीतिक स्पष्टताको निम्ति पनि निर्वाचन अपरिहार्य भएको औंल्याउनुहुँदै नेता प्रजापतिले निर्वाचन प्रजातान्त्रिक प्रकृया हो र जनतालाई आर्थिक प्रलोभनमा नपारी इमान्दार व्यक्तिलाई निर्वाचित गराउनुपर्छ भन्नुभयो ।

भक्तपुर नगरपालिकाले स्थानीय तह निर्वाचन २०७४ मा नेमकिपाले प्रस्तुत गरेको घोषणापत्रलाई अक्षरस पालना गर्दै आइरहेको बताउनुहुँदै ख्वप विश्वविद्यालय संचालनको लागि नगरपालिका निरन्तर लागिरहेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.