Explore news and happenings at Bhaktapur

जनतासँग सहकार्यमा कोभिडको प्रतिरोध

माघ ५, २०७७

0

(माघ २९ गतेबाट सुरु भएको भक्तपुर नगरपालिकाको आठौँ नगरसभाको उद्घाटन कार्यक्रममा भनपा उपप्रमुख जोशीद्वारा व्यक्त मन्तव्य–सं.)

देशमा प्रजातन्त्र प्राप्तिका लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । समाज परिवर्तनको लागि महत्वपूर्ण योगदान दिनुहुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ।
आज हामी यस आठौँ नगरसभासम्म छौँ । लगभग एक वर्ष कोरिना भाइरस (कोभिड–१९) को जटिल परिस्थितिबाटै हामी अघि बढिरहेका छौँ । हाल युरोपेली देशहरू आक्रान्त छन् छिमेकी देशमा सङ्क्रमित भइरहेको कुरा समाचारहरूले देखाइरहेका छन् । यसले मानव विकासको हरेक पक्षमा नकारात्मक असर परिरहेको छ । यसले मानव विकासको क्रममा मानव जातिलाई नै ठूलो पाठ सिकाएको छ । यस कोभिड–१९ ले भनपाका गत हप्ताको तथ्याङ्कअनुसार १८०० नगरवासीहरू सङ्क्रमित भइसकेका छन् भने ४६ जनाले ज्यान गुमाइसकेका छन् । यस सङ्क्रणबाट बच्न हामी आफै स्वास्थ्य मापदण्ड अपनाएर सचेत भई अघि बढ्नु बुद्धिमानी हुनेछ । यसो गर्नसके मात्र समाजलाई सुरक्षित बनाउने लक्ष्य लिएर अघि बढिरहेको यो नगरपालिका ‘स्वस्थ नगर, सुरक्षित नगर’ को गन्तव्यमा पुग्न सक्छ । यस चुनौतीपूर्ण समयमा नगरका विभिन्न सङ्घ संस्था एवं नगरवासीहरूको साथ र सहयोगको लागि भनपा आभार व्यक्त गर्दछ । आउँदा दिनहरूमा पनि यसरी नै देशमा आइपर्ने चुनौतीहरूमा हातेमालो गर्न साथ दिनुहुने अपेक्षा नगरपालिकाले राखेको छ ।
यही कोभिडबाट हाम्रा ८ जना जनप्रतिनिधि र ९ जना कर्मचारी सङ्क्रमित हुनुभयो । त्यसमध्ये १ जना वडाध्यक्षलाई दोहोरिएर सङ्क्रण भयो भने १ जना कर्मचारीको अहिलेसम्म पूर्ण स्वाथ्य लाभ भएको छैन । यस कोरोना भाइसरबाट मृत्यु हुने सम्पूर्णमा भनपा समवेदना व्यक्त गर्दछ र सङ्क्रमित सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । हामीलाई नेपाल मजदुर किसान पार्टीले दिएको मार्ग निर्देशनलाई÷घोषणापत्रलाई आत्मसात गरेर काम अघि बढिरहेको यहाँहरू सम्पूर्णमा बिदित्तै छ । सोहीअनुरूप धेरै हदसम्म उपलब्धि हासिल भइरहेको यहाँहरूले देखिरहनुभएको छ । हामीले शिक्षा÷स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेका छौँ । यस पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृतिलाई अद्यावधिक गर्दै पुस्तान्तरण गर्दै जीविकोपार्जनको माध्यम बनाउँंदै अघि बढाउँदै छौँ । कोभिड–१९ को कारणले गर्दा विकास निर्माण÷पुनः निर्माण र समाज निर्माणमा गतिरोध भएको छ । अबका दिनमा यसलाई नपाको क्षमताअनुसार अघि बढाइने यहाँहरूमा विश्वास दिलाउन चाहन्छु । फेरि एकपल्ट अवस्था सामान्य हुँदै गएपछि मेयरज्यूले चुनावको दौरानमा भन्नुभएझैँ हामीले बाँकी कार्यकाल चार गुणा काम गर्नेछौँ’ । पछि आउने टोलीलाई एउटा आधार पत्र तयार गर्ने विश्वास दिलाउन चाहन्छु । आउँदो पुस्ताले सोही आधारपत्रअनुसार सांस्कृतिक नगर भक्तपुरलाई पूर्णरूपमा संरक्षित नगर ÷ज्ञान विज्ञान र प्रविधिको ‘आत्मनिर्भर’, सुपरिचित भक्तपुर नगरको रूपमा विश्वसामु गनिनेमा हामी जनप्रतिनिधिहरू विश्वास दिलाउन चाहन्छौँ । यस गौरवशाली लक्ष्यमा पुग्न नगरका सम्पूर्ण बुद्धिजीजी÷सङ्घ–संस्था÷नगरवासीहरूको साथ अपरिहार्य छ । भनपा परिवार यहाँहरूको साथ पाउनेमा विश्वस्त छौँ । अब हामीसँग १ वर्षको समयावधि बाँकी रहेकोले एकजुट भई अघि बढ्नुपर्छ । आठौँ नगरसभामा उपस्थित सम्पूर्णमा पुनः स्वागत गर्दै बिदा हुन्छु ।

Leave A Reply

Your email address will not be published.