Explore news and happenings at Bhaktapur

तारा माविका प्र.अ. पुष्पलाल सुजखूको विदाई: नयाँ प्रअमा शिक्षिका प्रेमलक्ष्मी त्वायना

२०७७ माघ २ गते शुक्रबार

0

तारा माविमा ४१ वर्षे शैक्षिक सेवामा समर्पित विद्यालयका संस्थापक शिक्षक एवम् प्रधानाध्यापक पुष्पलाल सुजखूको सम्मान, विदाई तथा शुभकामना कार्यक्रम विद्यालय प्राङ्णमा शुक्रबार सम्पन्न भयो ।

कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्नुहुँदै भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले अवकास पश्चात पनि थप जिम्मेवारीबोध हुनुपर्ने तथा नयाँ पुस्ताको आफ्ना अनुभव सँगालेर पुस्तक प्रकाशन गरी पठनीय सामग्री तयार गर्दा नयाँ पुस्ताको लागि प्रेरणाको स्रोत बन्ने उल्लेख गर्नुभयो ।

शिक्षित समाजले समुदायको विकास र रुपमान्तरणको लागि सहयोग पु¥याउने जिकिर गर्नुहुँदै राजनीतिक कार्यकर्ता राम्रो भए देश राम्रो हुने र गलत मानसिकताले राजनीती गरे देश पछाडि पर्ने हुँदा नयाँ पुस्तका विद्यार्थी संगठित, सचेत र विचारमा परिपक्व हुनुपर्ने उहाँले बताउनुभयो ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी देशको नेतृत्व तहमा पुगिरहेको ज्वलन्त उदाहरण प्रस्तुत गर्नुहुँदै उहाँले भक्तपुर नपाले अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्ने क्षमतावान विद्यार्थी उत्पादन गर्न कलेजहरु सञ्चालन गरिरहेको बताउनुभयो ।

भक्तपुरको शैक्षिक प्रगतिमा तारा माविको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुहुँदै हाल कोभिडका कारण शैक्षिक क्षेत्रमा समेत ठूलो नोक्सानी पुगेको हुँदा विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी सञ्चालन गर्नुपर्ने तथा शिक्षकहरुले इमानदारीपूर्वक कार्य गरी विद्यार्थीहरुको भविष्य निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पुष्पलाल सुजखूले अध्यापनरत रहँदाका आफ्नो अनुभव राख्नुहुँदै विद्यालय स्थापनाले समाज र समुदायको शैक्षिक स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

उहाँले विद्यालय स्थापना गर्दा स्थानीय समुदाय, बुद्धिजीवी, अग्रजहरुले अभिभावकीय भूमिका निर्वाह गरेको स्मरण गर्नुहुँदै तारा माविको शैक्षिक कार्यक्रमले विद्यार्थीको सर्वाङ्गीण विकासमा देन पुर्‍याएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा भनपा कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवालले निवर्तमान प्रधानाध्यापकको भूमिका स्मरणयोग्य रहेको र आगामी दिनहरुमा पनि विद्यालयको विकास र प्रगतिमा समर्पित भावले लागूने हुनेमा आशा लिएको बताउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र सुवालले विद्यालयमा कार्यरत शिक्षिका प्रेमलक्ष्मी त्वायनालाई तारा माविको नयाँ प्रअ नियुक्ती गरिएको जानकारी गराउनुभयो भने विद्यालयका नवनियुक्त प्रअ प्रेमलक्ष्मी त्वायनाले आप्mनो शैक्षिक यात्रा तारा माविबाटै सुरु भएको र विद्यालयमा प्रअ हुन पाउँदा गौरवान्वित महसुस भएको बताउनुहुँदै विद्यालयको समूचित विकास र प्रगतिको लागि निरन्तर प्रयत्नरत रहने बताउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य उद्धव सुजखुले विद्यालयको स्थापनाकालका चुनौतीबारे स्मरण गर्नुहुँदै नेमकिपाको प्रगतिशील विचारका कारण भक्तपुरको शैक्षिक विकासमा मद्दत पुगको बताउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समतिका बलराम प्रजापति, कार्यक्रमका संयोजक हरिकृष्ण प्रजापति, शिक्षक हरिप्रसाद बास्ताेला, शिक्षक सर्जना ङाखुसी र छात्रा कृष्मा कायष्ठले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले निवर्तमान प्रधानाध्यापक पुष्पलाल सुजखूलाई दोसल्ला ओढाई कदर–पत्र प्रदान गर्नुभयो । सोही कार्यक्रममा तारमा माविका निवर्तमान प्रधानाध्यापक सुजखूले नवनियुक्त प्रधानाध्यापक प्रेमलक्ष्मी त्वायनालाई पदभार हस्तान्तरण गर्नुभयो ।

 

 

 

 

 

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.