Explore news and happenings at Bhaktapur

भक्तपुर घरेलु तथा साना उद्योग संघको १५ औं अधिवेशन सम्पन्न

२०७७ पुस २७ गते

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर घरेलु तथा साना उद्योग संघको १५ औं तथा महिला उद्यमी समितिको १४ औं जिल्ला अधिवेशन सोमबार सम्पन्न भयो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै नगर प्रमुख प्रजापतिले नेपालको आर्थिक विकासमा घरेलु तथा साना उद्योगहरुको महत्वबारे प्रष्ट पार्नुहुँदै देशलाई आत्मनिर्भर बनाउनेतर्फ सबैले जोड दिनुपर्ने बताउनुभयो ।
नेपालले सस्तो ज्यामी विदेशमा निर्यात गरिरहेकोतर्फ ध्यानाकृष्ट गर्नुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले नगरबासीहरुलाई विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गरी आत्मनिर्भर बनाउने जीवनउपयोगी सीपहरुको तालिम सञ्चालन गरिरहेको बताउनुभयो ।

नेपालमा विदेशी लगानी भित्रँदा देशका उद्योगहरु समाप्त हुँदै जाने खतरा औंल्याउनुहुँदै उहाँले विदेशी पैसामा लोभ गर्न नहुने र नेपाली जनशक्तिलाई नेपालमै रोजगारीको व्यवस्था गर्नुपर्ने आजको आवश्यकता हो भन्नुभयो ।

भक्तपुरको सम्पदा संरक्षण, विकास निर्माणलगायतका सबै गतिविधिहरुका नगरबासीहरुको साथ र सहयोग पाइरहेको बताउनुहुँदै उहाँले भक्तपुरको मौलिक वस्तुहरुको उत्पादन, प्रयोग र प्रचारप्रसारमा विशेष ध्यान दिएर अगाडि बढिरहेको चर्चा गर्नुभयो ।

भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरुले देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरिरहेको भन्दै उहाँले भक्तपुर नपालाई देशकै नमुना नगर बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भक्तपुर घरेलु तथा साना उद्योगले भक्तपुरको आर्थिक रुपान्तरण गर्न सहयोग पु¥याइरहेको र देशको अर्थतन्त्रलाई विकसित तुल्याउन संघको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।

कार्यक्रममा संघका अध्यक्ष बिरेन्द्र जतिले कुनै पनि देशको विकास लघु, घरेलु तथा साना उद्योगको विकास विना सम्भव नभएको बताउनुहुँदै नेपाल सरकारले नयाँ प्रविधिको लागि सचेतना तथा पुँजीको लागि बैंकमार्फत घरेलु उद्यमीहरुलाई सहज ऋण उपलब्ध गराउने वातावरण तयार गर्नुपर्ने जोड दिनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले घरेलु तथा साना उद्योगले देशको आर्थिक रुपान्तरणको लागि महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुहुँदै महासंघले मुलुकभरका घरेलु तथा साना उद्योगीको छाता संगठनका रुपमा आफ्ना हक र हितको संरक्षण गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रमका सभापति एवम् महिला उद्यमी समितिका सभापति ईश्वरीले श्रेष्ठले महिलाहरुद्वारा सञ्चालित उद्योगको हकहितलाई ध्यानमा राखी समितिले विभिन्न कार्य गर्दै आइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष एवम् महासंघका केन्द्रीय उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष मोहनप्रसाद कटुवाल, नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशका अध्यक्ष सूर्य कँडेल, नेपाल घरेलु तथा साना उद्योग महासंघक ातर्फबाट केन्द्रीय प्रतिनिधिद्वय डम्बरप्रसाद रेग्मी र सत्यनारायण प्रजापति, नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समितिका रीता अवाल, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठ, भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धर, भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेलगायलते शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष बीरेन्द्र जतिले प्रमुख अतिथि प्रजापति र अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.