Explore news and happenings at Bhaktapur

विश्वकर्मा साकोसको १३ औं वार्षिक साधारणसभा सम्पन्न

२०७७ पुस २५ गते, शनिबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भक्तपुरको च्याम्हासिंहस्थित विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था लि. को १३ औं वार्षिक साधारणसभा सम्पन्न भयो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै नगर प्रमुख प्रजापतिले सहकारी भनेको समुदायमा आधारित सदस्यको हितको लागि सामूहिक रुपमा काम गर्ने संस्था भएको बताउनुहुँदै संस्थाले सीपमूलक तालिमहरु सञ्चालन गर्दै रोजगार प्रवद्र्धनमा भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले कृषि सहकारीहरुले कृषकहरुको जनजीवनमा सहजता ल्याउन सक्दो प्रयास गरिरहनुपर्ने बताउनुहुँदै उहाँले देशको अर्थतन्त्र आत्मनिर्भर बनाउने ढंगले सहकारी संस्थाले आआफ्नो क्षेत्रबाट योगदान पुर्याउनुपर्ने बताउनुभयो । कृषिमा विदेशी लगानी भित्र्याउने सरकारको नीति गलत भएको बताउनुहुँदै उहाँले यसबाट कृषि क्षेत्र विदेशीको नियन्त्रणमा जाने खतरा भएको बताउनुभयो ।

समसामयिक राजनीतिमा आफ्नो धारणा व्यक्त गर्नुहुँदै प्रमुख प्रजापतिले प्रतिनिधिसभा भंग हुनु स्वाभाविक प्रक्रिया भएको बताउनुहुँदै नेपाल मजदुर किसान पार्टीले ओलीको समर्थन गरेको नभई संसद बिघटनमा औचित्यता देखेको प्रष्ट पार्नुभयो ।

संस्थाका अध्यक्ष शमशेरबहादुर ज्याख्वले शिक्षा, सीप र व्यवसायको लागि सहकारी भन्ने मूल नाराका साथ संस्थाले सदस्यहरुको हितमा विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको र संस्थाले लिएको लक्ष्यअनुसार आगामी दिनहरुमा प्रगति गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद लवजू, भक्तपुर जिल्ला बचत सञ्चालक समितिका सदस्य इन्द्रप्रसाद ब्यान्जु, उदय साकोसका उपाध्यक्ष न्हुछेबहादुर प्रजापति, सल्लाहकारहरु विष्णुबहादुर मानन्धर र लक्ष्मीप्रसाद प्रजापतिले पनि शुभकामना मन्तव्य राख्दै एक व्यक्ति एक सहकारी नीति सहकारी संस्थाको हितमा नभएको, सहकारी संस्थाहरुले घरेलु उद्योग तथा कृषि क्षेत्रको प्रवद्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संस्थाका ऋण उपसमितिका संयोजक भीमबहादुर प्रजापति ऋण उपसमितिको प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक प्रकित कोजुले आ.व. २०७६ ७७ को समितिको प्रतिवेदन, संस्थाका कोषाध्यक्ष कृष्णभाई ज्याख्वले वार्षिक आर्थिक प्रतिवेदन, सचिव राम छुस्याकीले वार्षिक प्रतिवेदनसहित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने संस्थाका कृष्णराम दुवालले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.