Explore news and happenings at Bhaktapur

स्तालिनको र माओ त्सेतु·को जन्मदिवसको अवसरमा प्रवचन कार्यक्रम

भक्तपुर, २४ पुस ।

0

विश्व सर्वहारा वर्गका नेताद्वय स्तालिनको १४२ औ“ र माओ त्सेतु·को १२७ औ“ जन्मदिवसको अवसरमा नेपाल कर्मचारी समाज केन्द्रीय समितिको आयोजनामा शुक्रबार प्रशिक्षण तथा प्रवचन कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले माक्र्सवादको प्रमुख सार सर्वहारा वर्गको नेतृत्वमा बलपूर्वक सत्ता कब्जा गरी समाजवादी व्यवस्था लागू गर्नु हो भन्नुभयो ।

माक्र्सवादले मानव समाज विकासमा नया“ विचार दिएको उल्लेख गर्दै उहा“ले भन्नुभयो, “क्रान्तिको अर्थ आमूल परिवर्तन हो । संसारको एउटै देशमा क्रान्ति सफल हुन्छ, औद्योगिक रूपमा पिछडिएको देशमा पनि क्रान्ति सफल हुन्छ जस्ता नया“ शिक्षा महान् अक्टोवर क्रान्तिले दिएको छ ।”

“क्रान्ति सफल भएपछि क्रान्तिको विरोधमा लाग्ने गुप्तचरहरू देखिएकोले पार्टीलाई शुद्धिकरण गर्न स्तालिनले क्रान्ति विरोधी संशोधनवादीहरूलाई पाखा लगाउनुभयो । बहुसङ्ख्यक जनताको हितमा चालिएको उक्त कदमलाई संसारका कम्युनिस्टहरूले स्वागत गर्छ । दोस्रो विश्व युद्धमा जर्मनी, इटाली, जापानलगायतका साम्राज्यवादी देशले सोभियत समाजवादमाथि हमला ग¥यो । समाजवादको रक्षाको लागि सोभियत सङ्का दुई करोड जनताले बलिदानी दिए । स्तालिनको कुशल नेतृत्वको कारण नै अक्टोवर समाजवादी क्रान्ति सफल भएको हो ।”, केन्द्रीय सदस्य प्रजापतिले भन्नुभयो ।

“शत्रुले विरोध गर्नु स्वाभाविक भएको भन्दै उहा“ले स्तालिनलाई साम्राज्यवादीहरूले निन्दा गर्नुमा कुनै आश्चर्य होइन”, उहा“ले स्पष्ट पार्नुभयो ।

राज्यसत्ता आफै क्रुर र तानाशाही हुने धारणा राख्दै उहा“ले राज्य सत्ताले कसको हितमा काम गर्छ त्यो महŒवपूर्ण हुने बताउनुभयो ।

समाजवाद र पु“जीवादको भिन्नताबारे जनतालाई स्पष्टरूपमा बुझाउनु आवश्यक भएकोमा जोड दि“दै उहा“ले पु“जीवादी व्यवस्थामा व्यक्तिलाई र समाजवादी व्यवस्थामा राज्यलाई प्राथमिकतामा राखी नीति नियम बनाइने बताउनुभयो ।

“चिनिया“ कम्युनिस्ट पार्टी स्थापना भएको १०० वर्ष पुग्दा चीनले विश्वमा आश्चर्यचकित विकास गरेको छ । सन् १९४९ मा चीनमा नया“ जनवादी क्रान्ति सफल भयोे । क्रान्ति सफल भएको १०० वर्ष अर्थात सन् १९४९ मा चीनलाई संसारको सबभन्दा विकसित देश बनाउने चिनिया“ सपना पूरा हुनेमा म विश्वस्त छु । चीनको यो अदभूत विकासमा अध्यक्ष माओको योगदान महŒवपूर्ण छ”, केन्द्रीय सदस्य प्रजापतिले भन्नुभयो ।
नया“ पुस्तामा राजनीतिप्रति वितृष्णा जाग्नुमा ठूला भनिने पार्टीका नेताहरूको अराजनीतिक शैली नै प्रमुख कारक रहेको धारण राख्दै उहा“ले राजनीतिलाई व्यक्तिगत स्वार्थमा केन्द्रित गर्दा राजनीतिको बद्नाम भइरहेको बताउनुभयो ।

उहा“ले भन्नुभयो, “राजनीति सबै नीतिमध्ये प्रमुख नीति हो । राजनीतिको माध्यमबाट जनतालाई असल व्यवहार, सदाचार सिकाउनुका साथै सुसंस्कृत बनाउनु ध्यान दिनुपर्छ ।”

राजनीति गर्ने मान्छेले बेइमान गरेपछि राजनीति नै खराव भन्ने भ्रम जनतामा हुने धारणा राख्दै केन्द्रीय सदस्य प्रजापतिले समाज परिवर्तनमा लाग्नेहरू सबभन्दा पहिले आफू परिवर्तन भई देश र जनताको सेवामा इमानदारीपूर्वक लाग्नुपर्ने बताउनुभयो ।

उहा“ले भन्नुभयो, “पार्टीमा सङ्ख्या मुख्य हुने गर्दैन । विचारले लेश, सचेत राजनीतिक कार्यकर्ताले मात्र देश बनाउ“छ । नेमकिपा स·ठित, अनुशासित र विचारप्रधान सचेत कार्यकर्ता तयार गर्न निरन्तर लागिरहेको छ । सचेत कार्यकर्ताहरू डर, धा“क–धम्की अगाडि नडराउने, लोभलालचमा नफस्ने विचारमा अडिग रहने गर्छन् ।”

“बम र बन्दूकभन्दा आक्रामक विदेशी पु“जी खतरनाक हुन्छ । पु“जीमार्फत देश कब्जा गर्नु नै नवउदारवाद हो । देशको स्थिति असहज छ । यस्तो बेला कर्मचारी समाजका साथीहरू अझ सक्रिय भएर लाग्नु आवश्यक छ”, उहा“ले भन्नुभयो ।

भक्तपुर नगरपालिकामा जनताको पैसाले नै जनताको सेवा गरिरहेको र हाम्रो एकताले नै हामीलाई अझ हौसला प्रदान गर्ने उहा“ले बताउनुभयो ।

नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले पु“जीवाद म्याद नाघेको औषधि जस्तै भइसकेको बताउनुभयो ।

उहा“ले ‘चिनिया“ सपना’ र ‘एक क्षेत्र एक मार्ग’ बारे जानकारी दि“दै चीन चिनिया“ जनताको मात्र नभई विश्वका जनताको समृद्धिको लागि लागिपरेको छ भन्नुभयो ।

आयोजक समितिका अध्यक्ष एवम् कार्यक्रमका सभापति गौतमप्रसाद लासिवाले स्तालिन र माओको जन्म दिवस मनाउनु सार्थकताबारे प्रस्ट्याउ“दै उहा“हरूको जीवनीबाट सिकेर देश र जनताको सेवामा समर्पित हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा काजीबहादुर पञ्च, दिलकृष्ण माक र काशिलाल प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.