Explore news and happenings at Bhaktapur

नर्सिङका नवआगन्तुक विद्यार्थीहरूलाई मार्गनिर्देशन कार्यक्रम सम्पन्न

२०७७ मंसिर १० गते, बुधबार

0

भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङ विभागका नवआगन्तुक विद्यार्थीहरूको मार्गनिर्देशन कार्यक्रम बुधबार सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि कलेज सञ्चालक समितिका अध्यक्ष एवम् नगर प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरूले आफ्नो पेशा र विषयमा दुढ विश्वास लिएर अगाडि बढ्न प्रेरित गर्नुहुँदै असफलताबाटै सफलता प्राप्त गर्ने ज्ञान हासिल हुने बताउनुभयो ।

भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखी ख्वप अस्पताल सञ्चालनको तयारीमा जुटिरहेको बताउनुहुँदै उहाँले कोरोना महामारीबीच निजी अस्पतालहरूले जनतालाई लुटिरहेकोे बताउनुभयो ।

विद्यार्थीहरू अरुबाट हौसला र प्रेरणा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुहुँदै सीपयुक्त विद्यार्थी तथा जनशक्तिहरू कहिल्यै भोको बस्नुपर्ने स्थिति नआउने उहाँले बताउनुभयो ।

नर्सिङका विद्यार्थीहरूले समर्पित भावना लिई बिरामीको सेवा गर्ने ढंगले आफ्नो पेशामा आबद्ध हुनुपर्ने भन्दै नगर प्रमुख प्रजापतिले पढाई सँगसँगै व्यवहारिक ज्ञानको पनि सही सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले नवआगन्तुक विद्यार्थीहरूलाई व्यक्तिगत स्वार्थबाट टाढा रही समाज परिवर्तनको निम्ति काम गर्न प्रेरित गर्नुभयो ।

ख्वप बुहप्राविधिक अध्ययन संस्थान सञ्चालक समितिका सदस्य एवम् भनपा ९ नं. का वडाध्यक्ष रबिन्द्र ज्याख्वले संस्थान स्थापनाको उद्देश्य र परिचयबारे अवगत गराउनुभयो । भक्तपुरलगायत विभिन्न जिल्लाका विद्यार्थीहरूलाई सस्तोमा गुणस्तरीय नर्सिङ शिक्षा प्रदान गर्न संस्थानले सफलता हासिल गरिरहेको बताउनुहुँदै उहाँले नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले दक्ष र इमानदार जनशक्ति उत्पादनका साथै संस्कारयुक्त विद्यार्थी उत्पादन गरिरहेको बताउनुभयो ।

नयाँ पुस्ताका विदार्थीहरूमा अपाm्नो देशप्रतिको सकारात्मक दृष्टिकोण हट्दै गइरहेकोमा चिन्ता व्यक्त गर्नुहुँदै वडाध्यक्ष ज्याख्वले आफूले सिकेको ज्ञान र सीपलाई समाजमा व्यवहारिक ढंगले उपयोग गर्नुपर्ने बताउनुभयो ।

ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्रमुख रत्नसुन्दर लासिवाले गैरनाफामूलक संस्थाको रुपमा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानले देश र जनतामा समर्पित हुने दक्ष जनशक्ति उत्पादनमा जोड दिइरहेको बताउनुभयो ।

नर्सिङ पेशा संवेदनशील पेशा भएकोले आफ्नो पेशामा इमानदारीपूर्वक र असल व्यवहारबाट सबैमा सकारात्मक प्रभाव पार्ने ढंगले कार्य गर्न मार्गनिर्देश गर्नुभयो ।

कार्यक्रममा विभागीय प्रमुख सुमित्रा बुढाथोकी र नर्सिङ प्रथम वर्षका इन्चार्ज शोभालक्ष्मी प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.