Explore news and happenings at Bhaktapur

श्रमजीवी साकोसद्वारा कोरोना रोकथामको लागि रु. ५१ हजार सहयोग हस्तान्तरण

२०७७ कार्तिक २१ गते, शुक्रबार

0

विश्वव्यापी रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नगरपालिकालाई श्रमजीवी साकोसले रु. ५१ हजार १ सय ११ रुपैयाँ (रु. ५१,१११।–) सहयोग रकम हस्तान्तरण ग¥यो ।

भक्तपुर नपा वडा नं. ९ ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा स्थापना गरेको आइसोलेसन केन्द्र व्यवस्थापनलगायत आवश्यक व्यवस्थाको लागि भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा श्रमजीवी साकोसले उक्त आर्थिक सहयोग प्रदान गरेको हो । सोही क्रममा नगर प्रमुख प्रजापतिले कोभिड १९ रोकथाम र नियन्त्रणको लागि भक्तपुर नपालाई गरेको सहयोगको लागि नगरपालिकाको तर्फबाट धन्यवादज्ञापन गर्नुभयो ।

 

 

Leave A Reply

Your email address will not be published.