Explore news and happenings at Bhaktapur

जनप्रतिनिधिद्वारा नेपो इण्डष्ट्रिजको अनुगमन

२०७७ कार्तिक १४ गते, शुक्रबार

0

नेपाल मजदुर किसान पार्टीका संघीय सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी र औद्योगिक क्षेत्र व्यवस्थापन लि. केन्द्रीय कार्यालयका प्रतिनिधि, औद्योगिक क्षेत्रका सहायक प्रहरी निरीक्षकसहितको टोलीले शुक्रबार भक्तपुर नपा वडा नं. २ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित नेपो इण्डष्ट्रिज प्रा.लि. अन्तर्गत सञ्चालनमा रहेको विभिन्न उद्योगहरुबाट भएको ध्वनी र धुँवा प्रदूषणबारे अनुगमन ग¥यो ।


भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरुले फालेको ध्वनी र धुँवा प्रदूषणले स्थानीय जनस्वास्थ्यमा प्रतिकूल असर पु¥याइरहेकोबारे व्यापक जनगुनासो देखिएपछि सोको दीर्घकालीन समाधानको लागि सांसद सुवालसहितको टोलीले उक्त क्षेत्रको अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा कपडा बुन्ने अधिकांश मेसिनहरु बन्द अवस्थामा रहेको थियो भने उद्योगको संरचना अस्तव्यस्त रहेको, ध्वनी र धुँवा प्रदूषण नियन्त्रण हुने कुनै पनि प्रविधि नअपनाएको पाइयो ।
सोही क्रममा स्थानीय पीडित जनताले औद्योगिक क्षेत्र व्यवस्थापन लि. मुख्य कार्यालय काठमाडौंबाट आएका प्रतिनिधि टोलीलाई भक्तपुर औद्योगिक क्षेत्रबाट भएको ध्वनि र धुँवा फाल्ने नेपो इण्डष्ट्रिज उद्योगबारे संयुक्त निवेदन हस्तान्तरण ग¥यो ।
निवेदनमा भक्तपुर नपाको इँताछेँ, खौमा, ब्यासी, भक्तपुर नगरपालिका कार्यालय, वरपरका जनतासमेत घरमा बस्न नहुने गरी सञ्चालित उद्योगहरुले ध्वनी र धुँवा प्रदूषण फाल्ने नेपो इन्डस्ट्रिज स्वचालित टेक्सटाइल मेसिन अगाडितर्फ २८ थान र पछाडितर्फ १४ थान गरी ४२ थान र डाइङ मेसिन गैरकानुनी ढंगले सञ्चालन गरिरहेको हुँदा नेपाल सरकारको सम्बन्धित निकायबाट प्रमाणित नभएसम्म नेपो इन्डष्ट्रिज बन्द गर्नुपर्ने उल्लेख छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लि.ले नेपाल सरकारको आ.व. २०७३÷७४ को बजेट वक्तव्यको प्रतिबद्धताअनुसार भक्तपुर औद्योगिक क्षेत्रबाट ध्वनि र धुँवा प्रदूषण फाल्ने नेपो इण्डष्ट्रिजलगायतलाई काठमाडौंउपत्यका बाहिर स्थानान्तरण गर्नुपर्नेमा त्यसो नगरी हालसम्म चुप बसेका अधिकारीहरुसँग स्पष्टीकरण लिनुपर्ने र जग्गा अधिग्रहणको उद्देश्यअनुसार काम नभएको हुँदा सो जग्गा सम्बन्धित जग्गावालालाई नै फिर्ता गर्नुपर्ने माग राखेको छ ।
औद्योगिक व्यवस्थापन कार्यालयले स्थानीय सरकारबाट अनुमति प्राप्त उद्योगहरुमात्र भक्तपुर औद्योगिक क्षेत्रमा सञ्चालन गर्न अनुमति दिनुपर्ने र अनुमति प्राप्त उद्योगले भक्तपुर नगरपालिकालाई तोकिएबमोजिम कर तिर्नुपर्नेलगायतका बुँदा उक्त निवेदनमा उल्लेख गरिएको छ ।

Leave A Reply

Your email address will not be published.